९ आश्विन २०८१ बुधबार
image/svg+xml

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।

दुई नम्बर प्रदेशको निर्वाचन मधेस पक्षधर र विरोधीबीचको जनमतसंग्रह: नेता लेखक

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचन मधेसको पक्षधर र मधेस विरोधीबीचको जनमत संग्रह भएको बताएका छन्।

मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न : नेता पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन्। राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए।

फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मनोनयन दर्ताको लागि बुझाइएको एकजना उम्मेदवारको फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्न फाइल बुझाएका प्रमोद पासवानको फाइल नै गायब भएपछि निर्वाचनको प्रक्रिया अवरुद्ध भई तनावको स्थिति श्रृजना भएको हो।

दुई नम्बर प्रदेशको निर्वाचनलाई नमुना बनाऔं: आयुक्त शर्मा

निवार्चन आयोगका आयुक्त इला शर्माले निर्वाचन आचारसंहिताको पूर्ण पालन गरेर दुई नम्वर प्रदेशको स्थानीय तहको चुनावलाई नमुना चुनाव बनाउन आग्रह गरेकी छिन।

निर्वाचनसम्बन्धी सबै कानून बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी कानून अविलम्ब निर्माण गरी निर्वाचन गर्न सरकारका नाममा परमादेश जारी गरको छ।

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्तको आग्रह

असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिता उलंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतदातालाई आग्रह गरेका छन् ।

संसद्मा आएन राष्ट्रियसभा निर्वाचन विधेयक

मतभार निर्धारण गर्दा जनसंख्यालाई आधार मान्ने कि प्रतिनिधित्वलाई भन्ने विषयमा अन्योल छ । जसले गर्दा राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक संसदमा दर्ता हुन सकेको छैन ।

आचारसंहिता पालना गराउन निर्वाचन आयोग कठोर बन्ने

आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ।

एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा

एनआरएन अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार हुने भएको छ। निर्वाचन समितिले हिजो राती अबेर सुचना जारी गर्दै निर्वाचनको मिति सार्वजनिक गरेको हो। यसअघि अध्यक्षका उम्मेदार गौरी जोशीले आफूलाई उम्मेदवार बन्न रोकेको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा गत हप्ता फिर्ता लिएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु गरेको हो।

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा गर्न बिहीबार जिल्ला विभाजन गरेको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुनेछ। मंसिर २१ मा तराई र पहाडगरी ४५ जिल्लामा निर्वाचन हुनेछ।

दुई चरणको निर्वाचनप्रति ओलीको असन्तुष्टि

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गराउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

तोकिए निर्वाचन क्षेत्र

निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई मुख्य आधार बनाएर क्षेत्र छुट्याएको प्रतिवेदन बुधबार सरकारलाई बुझाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (संघ÷केन्द्र) का लागि १६५ क्षेत्र र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३३० क्षेत्र निर्धारण गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो ।

केन्द्र र प्रदेश निर्वाचन दुई चरणमा

सरकारले केन्द्र र प्रदेशको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने भदौ ५ गतेको निर्णय उल्ट्याउँदै बुधबारको मन्त्रिपरिषद् बैठकले दुई चरणमा गर्ने निर्णय गरेको छ । केन्द्र र प्रदेशको निर्वाचन एकैसाथ हुने भए पनि भूगोलको आधारमा मंसिर १० र २१ गरी दुई चरणमा छुट्याइएको हो । र, कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने निर्णय लिने जिम्मा निर्वाचन आयोगलाई दिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्