८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उमेदवारको सूची

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ।

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी मनोनयन आज

प्रतिनितिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० सिटका लागि आइतबार एकसाथ उम्मेदवारी मनोनयन दर्ता हुँदै छ। समानुपातिकतर्फको बन्दसूची भने दलहरूले यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन्।

सिन्धुपाल्चोकमा एमालेबाट शेरबहादुर तामाङ र सरेश नेपाललाई टिकट, प्रदेशमा क-कसले पाए?

नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

बन्दसूचीको सूचना आज प्रकाशन गरिँदै

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

निर्वाचन आयोगले समानुपातिक तर्फ ४ करोड ५५ हजार मतपत्र छाप्यो

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको गरी कुल ४ करोड ५५ हजार मतपत्र छापेको हो। यसमध्ये प्रतिनिधिसभा सदस्यका लागि १ करोड ९८ लाख ७१ हजार मतपत्र छापिएको छ भने प्रदेशसभा सदस्यका लागि २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको छ।

सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको स्थापना गरी सञ्चालनमा ल्याएको छ।

सत्तारुढ गठबन्धन बैठक: आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए।

निर्वाचन अधिकृतले ३ निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने

असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो।

निर्वाचन क्षेत्र बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय सत्तारूढ गठबन्धन

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए।

धनुषामा ४ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि धनुषामा चारवटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थपना गरिएको छ। चारवटा प्रतिनिधिसभा तथा आठवटा प्रदेशसभा निर्वाचन क्षेत्रको लागि बिहीवार चार ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मधेश प्रदेशका निर्वाचन अधिकारी श्रीधर पन्तीले जानकारी दिए।

कास्कीमा निर्वाचन क्षेत्र अनुसार निर्वाचन अधिकृत कार्यालय स्थापना

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानको अनुसार स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने छ।

मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र)का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनःजागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना रहेका छन्।

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता गर्न तीन दिन बाँकी

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ। असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज २३ मा

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्