१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेल।

मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालययसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। बिहीबार मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना  गरिएको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन  मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद  ढुंगेलले गरेका थिए। जिल्ला समन्वय समिति मोरङको कार्यालयमा  मोरङको मुख्य निर्वाचन अधिकृतको  कार्यालयसहित क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ। यस्तै मोरङ क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय विराटनगर–१ स्थित ह्ृदयन्द्र बालउद्यानमा राखिएको छ। मोरङ क्षेत्रनम्बर १ को निर्वाचन अधिकृतको कार्यालय   उर्लावारी नगरपालिकाको भवनमा, क्षेत्रनम्बर २को रतुवामाई नगरपालिका –७ स्थित विश्वनाथ थान मन्दिरमा, क्षेत्रनम्बर ३ को वेलवारी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा  क्षेत्रनम्बर ५ को कार्यालय विराटनगर–१३ स्थित सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालयमा राखिएको  प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए।  

मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले  मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ३९ वटा निर्वाचन केन्द्र रहेको बताए। मोरङ नेपालकै सबै भन्दा बढी मतदाता रहेको जिल्ला बनेको र यहाँ कुल ७ लाख ३५ हजार ६ सय २५ जना मतदातारहेको ढुंगेलले जानकारी दिए। अस्थायी मतदाता नामावली संकलनको काम पनि भइरहेका कारण मोरङ मतदानस्थल,मतदान केन्द्र  र मतदाताको  संख्या केहि थप हुने ढुंगेलले बताए।  मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न  जिल्ला सुरक्षा योजना तयार पारिसकिएको जानकारी दिए। निर्वाचन अधिकृतको  कार्यालयहरू स्थापना भएसँगै मोरङमा औपचारिक रुपमा निर्वाचनको काम सुरु भएको बताए। उनले निर्वाचनमा चार वटै सुरक्षा निकायलाई परिचालन गरिने जानकारी दिए।

प्रकाशित: २० आश्विन २०७९ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App