१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा एमालेबाट शेरबहादुर तामाङ र सरेश नेपाललाई टिकट, प्रदेशमा क-कसले पाए?

नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। उसले चारवटै प्रदेश सभामा क्षेत्रमा समेत उम्मेदवारको टुंगो लगाएको छ।  

एमालेकका अनुसार क्षेत्र नं. १ (क) मा कमल नेपाल र (ख) मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। क्षेत्र नं. २ (क) मा अमानसिं तामाङले टिकट पाउँदा (ख) मा हस्त पण्डितलाई उम्मेदवार बनाइएको छ।  

क्षेत्र नं. १ मा टिकट पाएका सरेश बागमती प्रदेशका निवर्तमान सांसद हुन्। एमाले केन्द्रीय सदस्य बागमती प्रदेश सरकारमा वन, वातावरण तथा पर्यटनमन्त्री बनेका थिए। उनले २०७४ को निर्वाचनमा क्षेत्र नं. १ (ख) मा बामगठबन्धन चुनाव जितेका थिए। तत्कालीन जिविस उपसभापति र सभापति हुँदै प्रदेश सांसद र मन्त्री भएपछि उनलाई अहिले संघको टिकट दिइएको हो।  

क्षेत्र नं. २ बाट उम्मेदवार बनेका तामाङ पूर्वकानुन मन्त्री हुन्। पार्टी स्थायी समिति सदस्य उनी २०७४ को प्रतिनिधि सभामा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले लोकतान्त्रिक गठबन्धनका राप्रपा नेता पशुपति शमसेर राणालाई पराजित गरेका थिए। यो पल्टसमेत उनी पाँचौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्। तत्कालीन क्षेत्र नं. ३ बाट उनी २०७० को संविधान सभा निर्वाचनमा पनि निर्वाचित भएका थिए।  

क्षेत्र नं. १ (क) का उम्मेदवार कमल एमाले निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। २०७४ को स्थानीय निर्वाचनमा विजयी हुँदै उनी लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष बनेका थिए। उनी एमाले जिल्ला पनि अध्यक्ष हुन्। (ख) प्रदेशमा टिकट पाएका श्रेष्ठ गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष हुन्। उनी २०७४ को स्थानीय चुनावमा एमालेबाट जुगल गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए।  

एमालेमा प्रवेश गरेको महिनामै क्षेत्र नं. १ (क) अमानसिंले टिकट पाएका हुन्। उनी माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए। माओवादीमा रहँदा उनी बैकल्पिक केन्द्रीय सदस्य थिए। २०७४ को स्थानीय चुनाव उनी माओवादीबाट चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख निर्वाचित भएका थिए।  

त्यस्तै क्षेत्र नं. १ (ख) को उम्मेदवार बनेका पण्डित एमाले पूर्वजिल्ला अध्यक्ष हुुन्। २०७४ को स्थानीय चुनावमा उनी हेलम्बु गाविसको अध्यक्ष पदको उम्मेदवार बनेर पराजित भएका थिए।

प्रकाशित: २२ आश्विन २०७९ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App