८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज उम्मेदवारी फिर्ता लिन सकिने

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ।

सामाजिक सञ्जालमा आयोगको निगरानी

निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित निगरानी सुरु गरेको छ।

सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा संलग्न भएपछि आयोगको कारबाही सुरु

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ।

अर्घाखाँचीमा २९ जनाको उम्मेदवारी, रायमाझी र भुसाल मुख्य प्रतिस्पर्धी

जिल्लाको एक प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सामाजिक सञ्जालमा गरिने विज्ञापन निर्वाचन खर्चमा समेटिने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सामाजिक सञ्जालमा गरिने विज्ञापन उम्मेदवारको निर्वाचन खर्चमा समेटिने जनाएको छ।

उम्मेदवारको नामावली प्रकाशन आज गरिँदै

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।

उम्मेदवारविरुद्ध उजुरीको चाङ: देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजी माग

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्।

सिन्धुपाल्चोकमा ६१ को उम्मेदवारी (सूचीसहित)

राजनीतिक दल र स्वतन्त्रसहित दुई प्रतिनिधि सभाकामा २८ र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा ३३ को उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनबाट को-को नेता बाहिरिए?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिए।

ललितपुर क्षेत्र नं. ३(क)मा विवेकशील साझाका केसीको उम्मेदवारी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ (क) बाट विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्।

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

चितवनमा रोचक प्रतिस्पर्धा

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चितवनबाट नयाँ अनुहार देखा परेका छन्।

देशभर उल्लासपूर्वक उम्मेदवारी: ६ हजार बढीको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार देशभरिका निर्वाचन क्षेत्रमा उत्साहपूर्णरुपमा उम्मेदवारी दर्ता भएको छ।

दार्चुलामा २१ जनाको उम्मेदवारी दर्ता, गठबन्धन बाट दुई वहालवाला मन्त्री उम्मेदवार

दार्चुलामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन।

यी हुन् उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजात

मंसिर ४ गते हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उमेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्