६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए। मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एक जना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए।

प्रदेश राजधानीमा बन्दै आधुनिक डम्पिङ साइट

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरभित्र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित र फोहोर देखिन्छ । प्राकृतिक सुन्दरताले भरिएको वीरेन्द्रनगर घर र पसलबाट निस्कने फोहोर यत्रतत्र फाल्दा राजधानी कूरुप मात्र भएको छैन प्रदेश बाहिरबाट आउने जो कोहीलाई पनि नकारात्मक सन्देश दिएको छ । कर्णाली प्रदेश भित्रिने मुख्य नाका सुब्बाकुना नजिकैको राजमार्ग छेउमा छरिएर फालिएको फोहोर देख्दा वीरेन्द्रनगर मात्र होइन सिंगो कर्णालीको फोहोर व्यवस्थापनको चित्र प्रस्तुत गर्छ ।

स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पहल थालेको छ। केही दिनअघि मात्रै प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरेर स्थायी राजधानीको मोडल तयार पार्न डिपिआरको काम सुरु गरिसकेको छ। यसअघि अस्थायी मुकाम बुटवलमा रहेको यो कार्यालय स्थायी राधजानीमा स्थानान्तरण गरिएको हो।

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रकृया सुरु गरिसकेको छ । यो प्राविधिक शिक्षालाई लाई खालि गरेर यसको स्वामित्व आँफूमा निहित राख्नका लागि प्रकृया अगाडी बढाईसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रचण्ड-नेपाल समूहले आज दुई लाख मानिस ल्याएर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज राजधानीमा प्रदर्शन गर्दैछ।

लुम्बिनी प्रदेशः स्थायी राजधानीको डिपिआर सुरु

स्थायी राजधानीमा लुम्बिनी प्रदेश सरकारले शुक्रबारदेखि आफ्नो भौतिक उपस्थिती देखाएको छ। प्रदेश सरकारले स्थायी राजधानी दाङको राप्ती गाउँपालिका बिजौरीमा प्रदेश पूर्वाधार बिकास प्राधिकरणको कार्यालय स्थापना गरेको हो।

खाडीचौर–जिरी सडकः पहिलो खण्ड बन्यो, दोस्रो लथालिंग

राजधानीबाट दोलखा जोड्ने सडक दोहोरो लेनको बनाउने निर्णय हुँदा खुसी नहुने कोही दोलखावासी थिएनन् । २०७१ सालमा तत्कालिन सरकारले सडक निर्माणकोे बोलपत्र आह्वान गरेको थियो । राजधानीबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडिचौरदेखि सुरु हुने लामोसाँघु–जिरी सडक खण्डलाई दोहोरो लेन बनाउने सरकारको तयारी थियो 

स्थायी राजधानीमा हिउँदे अधिवेशन !

स्थायी राजधानीको थलो तोकिएपछि लुम्बीनी प्रदेशको राजधानीले ‘स्थायी थलो’ मा भौतिक उपस्थिती कहिले जनाउला? भन्ने बहस राजधानी क्षेत्रमा कायमै छ।

राजधानी घोषणाको दुई वर्षपछि सम्भाव्यता अध्ययन

तेघरी जंगलमा राजधानी घोषणाको दुई वर्षपछि भर्खरै सम्भाव्यता अध्ययन हुँदैछ। सम्भाव्यता अध्ययनपछि डिपिआर तयार, त्यसपछि वातावरणिय अध्ययन गरिने र अन्तिममा आएर नेपाल सरकारलाई जग्गा प्राप्तिका लागि अनुरोध गरिने छ।

राजधानीमा छठपूजा (फोटो फिचर)

आस्थाको महापर्व छठ पर्वअन्तर्गत काठमाडौंको पचली टेकुस्थित बाग्मती नदीमा व्रतालुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।

प्रादेशिक राजधानीसम्म हवाई उडानको प्रबन्ध गरिरहेका छौंः निर्देशक पोखरेल

नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजनकुमार पोखरेलले सबै प्रादेशिक राजधानीलाई लक्षित गर्दै पहाडी जिल्लाहरुबाट हवाई उडानका लागि तयारी भइरहेको बताएका छन्।

स्थायी राजधानीमा जग्गा कारोबारीको 'सत्ता'

तत्कालीन माओवादी युद्धकालमा सञ्चालित ‘माओवादी जनसत्ता’ का कारण जनसत्ता प्रभावित जिल्लाका कैयन नागरिकहरुले अहिले दुःख पाईरहेका छन्।

नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन आग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ।

बुटवल ऐतिहासिक ठाउँ हो, जहाँ राजधानी हुँदा/नहुँदा फरक पर्दैन: मुख्यमन्त्री पोखरेल

नामकरणको विषय त्यति जटिल रहेन किनकि अन्तरराष्ट्रिय रुपमा स्थापित नाम नै प्रदेशसँग रहेकाले त्यसलाई सजिलैसँग स्थापित गर्न सकिन्थ्यो । जहाँसम्म स्थायी राजधानीको विषय थियो, त्यसका लागि हामीले सबैको मनोविज्ञानलाई जोड्न सक्ने उपयुक्त ठाउँ कहाँ हुनसक्छ भन्ने हिसाबले खोजी ग-यौँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्