२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रादेशिक राजधानीसम्म हवाई उडानको प्रबन्ध गरिरहेका छौंः निर्देशक पोखरेल

पर्यटनमन्त्री योगेशकुमार भट्टराईसंगै सुकेटार विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजनकुमार पोखरेललाई स्वागत गरिदै । तस्बिर : खगेन्द्र/नागरिक

नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजनकुमार पोखरेलले सबै प्रादेशिक राजधानीलाई लक्षित गर्दै पहाडी जिल्लाहरुबाट हवाई उडानका लागि तयारी भइरहेको बताएका छन्। उनले सुगम जिल्लाहरुमा स्थलमार्गमार्फत पनि आउजाउ सहज हुने भएकोले हवाई उडानको प्राथमिकता दुगर्म र पहाडी जिल्लाहरुमा रहने गरेको बताए।  

‘हामी सातै प्रदेशका दुर्गम र पहाडी जिल्लाहरुसंग प्रादेशिक राजधानीलाई जोड्ने गरी हवाई उडानको प्रबन्ध गरिरहेका छौं’ पर्यटन मन्त्री योगेशकुमार भट्टराईसंगै ताप्लेजुङको सुकेटार विमानस्थल आएका उनले भने। सुकेटार विमानस्थलमा जारी स्तरबृद्धि तथा थप धानवमार्ग बढाउने लगायतका कार्ययोजनाको प्रारम्भिक अध्यनका लागि पोखरेल मन्त्री भट्टराईसंगै ताप्लेजुङ आएका थिए। १ नं प्रदेशका दुर्गम र पहाडी जिल्लाहरुबाट प्रादेशिक राजधानी बिराटनगर उडान सञ्चालन गर्नेगरीको तयारी समेत पोखरेलले सुनाए। यहिँ विषयलाई हेरेर पश्चिमका पहाडी र दुर्गम जिल्लाहरुबाट सम्वन्धित क्षेत्रका प्रादेशिक राजधानीसम्म हवाई उडान सुरु भइसकेको पोखरेलको भनाइ थियो।  

सेवा लिने प्रयोजनमा प्रादेशिक राजधानीसम्म पुग्नै पर्ने अवस्थामा दुर्गम र पहाडी जिल्लाहरुबाट प्रादेशिक राजधानीसम्म हवाई उडान अनिवार्य रहने बुझाई नागरिक उड्डयन प्राधिकरणमा पनि रहेको उनले प्रष्ट्याए। यहिँ विषयलाई मनन् गरेर दुर्गम र पहाडी जिल्लाहरुबाट प्रादेशिक राजधानीसम्म नियमित हवाई उडानका लागि प्राधिकरणले आन्तरिक गृह कार्य गरिरहेको उनको भनाइ थियो। पोखरेलले अबको केहि समयमै यस्तो उडान सुरु हुने संकेत गरे। अहिले ताप्लेजुङसहितका पहाडी जिल्लाहरुमा रहेका विमानस्थलमा संघीय राजधानी काठमाडौसम्म मात्र हवाई उडान हुँदै आएको छ।

यो अवस्थाको अन्त्य गरी प्रादेशिक राजधानीसम्मको हवाई उडान केहि समयमै सुरु गर्ने बताउँदै पोखरेलले त्यसका लागि प्राधिकरण आन्तरिक तयारीमा जुटेको बताए।

प्रकाशित: २२ कार्तिक २०७७ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App