६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन आग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ। संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जिवी ओलीले विज्ञप्ति जारी गर्दै प्रदेश ५ सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउन गरेको निर्णयको स्वागतसमेत गरेको छ।  

‘नेपालगन्जमा पटक–पटक केन्द्रीय नेतृत्व आएर बाँकेलाई औद्योगिक राजधानी हो अथवा बनाउने हो भनी विश्वास दिँदै गर्दा साबिक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने र बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन किन नहुने ? यी र यस्ता निर्णयले बाँके र बर्दियालाई अर्को चिन्ता थपेको छ,’ विज्ञप्तिमा भनिएको छ। प्रदेश सरकारले साबिक राप्ती अञ्चलमा राजधानी र साबिक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरेको भनी आएका विषयप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

प्रकाशित: २३ आश्विन २०७७ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App