१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

मिटरव्याजी पीडितमाथि प्रहरीले बल प्रयोग गरेकोमा गृहमन्त्रीले मागे माफी

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोप्रति माफी मागेका छन्।

ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यकः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा.प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन्।

जापानी राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदबीच शिष्टाचार भेट

नेपालका लागि जापानका राजदूत किकुता युताका र परराष्ट्र मन्त्री नारायणप्रसाद साउदबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

अमेरिका र चीनबीचको द्वन्द्वमा नेपाल फस्दै गएको छ

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता एवं राजनीतिक व्यक्ति हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक घटनाक्रमलाई मिहिन किसिमले अध्ययन–विश्लेषण गर्ने उनको बानी छ।

लुम्बिनीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। उनले संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८(२) अन्तर्गत संयुक्त बहुमतको सरकार गठन गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल हुनुपर्ने सांसदको माग

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन्। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन लागेको भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग राखेका हुन्।

जहाजमा चरा ठोक्किएको प्रमाणित भएको छैनः पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित नभएको स्पष्ट पारेका छन्।

स्वदेशी सवारी उद्योगलाई प्रोत्साहन

स्वदेशमा उत्पादन भएका सवारी साधन दर्ता प्रक्रियामा कानुनी जटिलता देखिएको भन्दै निजीक्षेत्रले चौतर्फी विरोध गरेसँगै सरकारले दर्ता प्रक्रियाको लागि सहजीकरण गर्ने भएको छ।

प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम बनाइने छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसलाई अंकुश लगाउने गरी कुनै ऐननियम नल्याउने प्रतिबद्धता जनाएका छन्।

म्यागजिन 'गेम चेन्जर' लोकार्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल, मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले संयुक्त रुपमा म्यागेजिनको लोकार्पण गरेका हुन्।

प्रधानमन्त्री दाहालले गरे 'नागरिक नायक २०८०' को उद्घाटन

सोमबार सोल्टि होटलमा भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री दाहाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्छ: गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएका छन्।

लुुम्बिनी प्रदेशः मुख्यमन्त्रीले पाएनन् बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्