१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा बिरोध गर्नेहरुले ढुंगामुढा गरेका बताएका हुन्।

उनले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए। उनले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराए। गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे।

उनले भने, 'प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रुपमा प्रश्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ। दुईजना प्रहरीहरु यस क्रममा घाइते भएका छन्। यस रुपमा पछाडी प्रहरीले आफ्नो भुमिका सकारात्मक रुपमा अगाडी बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ। सरकार संविधानको प्रभावकारी कार्यान्वयनको निम्ति दृढ छ। यो संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण रुपमा वैधानिक बाटोबाट आफ्नो विचार राख्न, आफ्नो विचारलाई लागू गर्ने प्रक्रियामा जनमत निर्माण गर्न छुट छ त्यसको सरकार सम्मान गर्दछ। तर कुनैपनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकहरुको शान्तिपूर्ण आवत–जावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन।’

गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताए। उनले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कानूनको कठघरामा ल्याउने विश्वास व्यक्त गरे।  

प्रकाशित: १३ वैशाख २०८० ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App