१९ आश्विन २०८१ शनिबार
image/svg+xml

टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।

अक्सिजन प्लान्ट निर्माणमा सघाउँदै पालिका

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन् । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निर्णय गरेका हुन् ।

टीकापुर अस्पतालमा दुई दिनमा १४ जना संक्रमितकाे मृत्यु

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप आठ जनाको ज्यान गएको छ। हिजो मात्रै अस्पतालमा छ जनाको ज्यान गएको थियो।

टीकापुर अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुग्यो, अस्पतालले भन्योः स्थिति नियन्त्रण बाहिर

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या छ पुगेको छ। टीकापुर नगरपालिका–१ का ४५ वर्षका एक पुरुषको आज मृत्यु भएको हो। उनलाई थप उपचारका लागि अन्यत्र लैजाने क्रममा एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।

टीकापुर अस्पतालमा पाँच जनाको मृत्यु, स्थिति भयावह

अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्यान गएको छ। उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्यान गएको छ।

नाली खन्दा फेला परेको बम निष्क्रिय

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो।

नाली खन्दा बम फेला पर्यो

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ। बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो।

क्याम्पसको जग्गा कसैलाई दिन नहुने सरोकारवालाको धारणा (अपडेट)

टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा भूमिहिन सुकुम्बासीलाई दिन नहुने सरोकारवालाले बताएका छन । क्याम्पसले भूमि सम्बन्धी समस्या समाधान आयोग, स्थानीय सरकार र सरोकारवालाहरुबीच आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका छन । आयोगका सुदूरपश्चिम अध्यक्ष अगस्त अधिकारी र टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले अन्र्तक्रिया कार्यक्रममा बोल्दै भूमिहिन सुकुम्बासीलाई जग्गा अपुग हुने देखिएकोले क्याम्पसले केही भूभाग छोड्नुपर्ने बताएपछि सरोकारवालाले आपत्ति जनाएका थिए । पूर्वसाँसद गंगाबहादुर कुँवरले पवित्र उद्देश्यले स्थानीयस्तरबाट स्थापना भएको शैक्षिक संस्थाको सम्पत्ति मास्ने काम सह्य नहुने बताए । उनले क्याम्पसको जग्गा भूमिहिन सुकुम्बासीका नाममा वितरण गरे द्वन्द्व सिर्जना हुने चेतावनी दिए ।

टीकापुर नगरपालिकाद्वारा जग्गादातालाई सम्मान

टीकापुर नगरपालिकाले एक समारोहको आयोजना गरी जग्गादान गर्नेहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेमा स्थानीय सुशील सिँह, कमला बिष्ट, कुमारराज शाही र सुमन श्रेष्ठ रहेका छन। चारैजनाले विभिन्न कार्यालय स्थापनाका लागि नगरपालिकालाई जग्गादान गरेका छन।

प्रस्तावमै छलफल नगरी नगरसभा अन्त्य

वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले वडा नम्बर १ को ब्लक नम्बर १४ लाई विभाजन गर्न खोजेपछि विवाद भएको हो। कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरूले प्रस्तावमा असहमति जनाएका थिए।

वडा विभाजनको प्रस्ताव उपर छलफल नै भएन

वडा विभाजनको प्रस्ताव उपर छलफल नै नगरी टीकापुर नगरपालिकाको आठौं नगरसभा अन्त्य भएको छ । पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावकै कारण लम्बिएको थियो ।

टीकापुरका पूर्वनगर प्रमुख सञ्ज्यालको निधन

कैलाली, टीकापुर नगरपालिकाका पूर्वनगर प्रमुख रत्नप्रसाद सञ्ज्यालको निधन भएको छ। मधुमेह तथा उच्च रक्तचापबाट पीडित ७३ वर्षीय सञ्ज्यालको बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार राति निधन भएको हो।

रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरिएकामा डा.भट्टराईको गम्भीर आपत्ति

कैलालीकाे टीकापुर घटनामा दोषी ठहर गर्दै दिपायलस्थित उच्च अदालतले सांसद रेशमचौधरीलगायतलाई जन्मकैद फैसला गरेकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेगम्भीर आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्