७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अक्सिजन प्लान्ट निर्माणमा सघाउँदै पालिका

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन् । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निर्णय गरेका हुन् ।  

टीकापुर नगरपालिकाले २० लाख र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । दुवै पालिकाले अस्पताल विकास समितिलाई प्रतिबद्धतासहित पत्राचार गरेका छन् । दुईवटा पालिकाले सघाउने भएपछि अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल थालेको छ । यसअघि अस्पतालले प्रदेश सरकारले निर्धारण गरेको क्षमताअनुसार नै अक्सिजन प्लान्ट निर्माण प्रक्रिया थालेको थियो ।  

प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया सुरु भएको थियो । जसको क्षमता दैनिक २० सिलिन्डर भर्नसक्ने मात्रै रहेको थियो । दुईवटै पालिकाले बजेट थप गरेपछि दैनिक ६० सिलिन्डर भर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिए ।  

उनले अघिल्लो प्रक्रिया रोक्नका लागि सामाजिक विकास मन्त्रालयको सहमति चाहिने जानकारी दिए । उनले मन्त्रालयले पुरानो प्रक्रियालाई रोकेर पालिकासहितको लगानीमा बन्ने नयाँ प्रक्रिया थाल्ने अनुमति दिने बताए । ‘पुरानो प्रक्रिया रोक भनेर मौखिक आदेश आइसकेको छ,’ उनले भने, ‘नयाँ प्रक्रिया सुरु गर्ने गरी लिखित सहमति आउँछ ।’

प्रकाशित: ३० वैशाख २०७८ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App