७ वैशाख २०८१ शुक्रबार
राजनीति

रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरिएकामा डा.भट्टराईको गम्भीर आपत्ति

कैलालीकाे टीकापुर घटनामा दोषी ठहर गर्दै दिपायलस्थित उच्च अदालतले सांसद रेशमचौधरीलगायतलाई जन्मकैद फैसला गरेकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर आपत्ति जनाएका छन्।  

सांसद चौधरीसहित अन्य ७ जनाविरुद्ध जन्मकैद सजाय हुने कैलाली जिल्ला अदालतले यसअघि गरेको आदेश उच्च अदालतले सदर गरेको खबर सार्वजनिक हुनेबित्तिकै शुक्रबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले विरोध प्रकट गरेका हुन्।

‘यथास्थितिको रक्षार्थ कानुन/अदालत बन्छन्। अतः उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विट गरेका छन्,  ‘विडम्बना झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो ! यो अन्याय सह्य छैन। थारू नायकहरूलाई सलाम !’

यो पनि पढ्नुहोस्

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

प्रकाशित: ३ पुस २०७७ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App