९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

नाली खन्दा फेला परेको बम निष्क्रिय

कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो।  

आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले जानकारी दिए। बिहान १० बजे बम निष्क्रिय भएपछि उक्त सडकमा आवागमन नियमित भएको छ। रासस

प्रकाशित: ९ चैत्र २०७७ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App