९ आश्विन २०८१ बुधबार
image/svg+xml

उदयपुरको पूर्वी नाकाबाट गाँजासहित दुई युवा पक्राउ

सुनसरीसँग सीमा जोडिएको बेलका नगरपालिका ८ कोठु चतरा पुलस्थित अस्थायी प्रहरी पोष्टल ट्याक्सीमा चेकजाँच गर्दा गाँजासहित उनीहरु फेला परेका हुन्।

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा एक जना पक्राउ

मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

ब्राउनसुगरसहित दुई जना पक्राउ

आइतबार बेलुका वीरेन्द्रनगर–१ सोलीघोप्टेबाट २१ ग्राम ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार वीरेन्द्रनगर–१ का २० वर्षीय हिमाल थापा र वीरेन्द्रनगर–२ भुरेलीका मनबहादुर बुढालाई पक्राउ गरिएको हो।

सोलु करिडोरमा लफडा: दर्जन पक्राउ, कटारी बन्द, ६ दिने विरोध कार्यक्रम घोषणा

करिडोरको १३२ केभि प्रशारण लाईन निर्माण क्रममा कटारी नगरपालिका ४ मरुवाका स्थानीयलाई जमिनको मुआब्जा नदिइ जवरजस्ती सुरक्षाकर्मी परिचालन गरेर बालीनाली र फलफुल नष्ट गरेको तथा धरपकड गरी ज्यादति गरेको भन्दै दलहरुले बजार बन्द गराएका हुन्।

पूर्व माओवादी लडाकु र नेपाली सैनिकसहित लुटपाटमा संलग्न समूह पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलको एक सुन पसलमा दिउँसै अत्याधुनिक हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको आरोपमा असई पक्राउ

युवतीलाई बिवाह गर्ने बाहानामा पटक पटक जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा परेको थियो। इलाका प्रहरी कार्यालय इटहरीले मण्डललाई उपस्थित गराउन पत्रचार गरेलगत्तै उनी आफै आएको इटहरीका डिएसपी अर्जुन केसीले बताए।

जबरजस्ती करणी र बहुबिवाहका फरार ३ अभियुक्त पक्राउ

उदयपुर प्रहरीले बिभिन्न आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ। अदालतबाट कसुर ठहर भए पनि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको जनाएको छ।

बलात्कार प्रयासको आरोपमा कांग्रेसका वडा सदस्य पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङकी २६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित सोही वडाका वडा सदस्य ५३ वर्षीय वीरबहादुर बमलाई प्रहरीले ०७८ साउन ११ गते पक्राउ गरेको छ।

विदेशी मुद्रासहित दुई पक्राउ

विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्।

रेडियोको वार्षिकोत्सवको अवसरमा ल्यापटप चोर पक्राउ गर्ने प्रहरीलाई सम्मान

भक्तपुरको एउटा रेडियो एफएमको वार्षिकोत्सवको अवसरमा शुक्रबार रेडियोको ल्यापटप चोर पक्राउ गर्ने प्रहरी वृतलाई सम्मान गरिएको छ।

माओवादी नेता पाण्डेको हत्यामा पक्राउ परेका ११ जना पुर्वपक्षका लागि कारागार चलान

माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका छन्। हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन्।

ब्राउन सुगरसहित २ जना पक्राउ

त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुलनजिकैबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित २ युवा पक्राउ परेका छन्।

प्रहरीलाई घुस दिन खोज्ने मदिरा व्यापारी पक्राउ

आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्।

सरकारी मोटरसाइकलमा ‘खैरो हिरोइन’ ओसार्दै, वडा अध्यक्षसहित ३ पक्राउ

आइतवार राति करिब साढे १० बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आत्माराम सडकको बर्वा भन्ने ठाउँबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड रुपैयाँ बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्