२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरको पूर्वी नाकाबाट गाँजासहित दुई युवा पक्राउ

गाँजासहित पक्राउ युवाहरु । तस्बिरः महेश्वर/नागरिक

उदयपुरको पूर्वी नाकाबाट गाँजासहित २ युवा पक्राउ परेका छन्। सुनसरीसँग सीमा जोडिएको बेलका नगरपालिका ८ कोठु चतरा पुलस्थित अस्थायी प्रहरी पोष्टल ट्याक्सीमा चेकजाँच गर्दा गाँजासहित उनीहरु फेला परेका हुन्।  

भोजपुर र उदयपुरको सीमामा पर्ने बेलका ७ को चुहारबाट आएको को १ ज ४५९ नं. को यात्रुबाहक ट्याक्सीमा चेकजाँच गर्दा ४ किलो २ सय ग्राम गाँजा फेला परेपछि चालक प्रकाश बस्नेतलाई पक्राउ गरिएको थियो। अस्थायी प्रहरी पोष्ट कोठुकी प्रमुख असई यज्ञकुमारी सुबेदीका अनुसार सवारी साधन नियमित चेकजाँचको क्रममा ट्याक्सीको हुटमा रहेको झोलाभित्र गाँजा लुकाएर लाँदै गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।  

चालक बस्नेतमाथि सोधपुछ गर्दा गाँजा अरुहरुकै भएको जानकारी आएपछि मोटरसाईकलमा रहेका भोजपुर हतुवागढी गाउँपालिका ८ का २६ वर्षीय नबिन्द्र राई र २३ वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिइएको असई सुबेदीले बताईन्। उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान भईरहेको छ उनले बताएकी छन्।

प्रकाशित: १९ श्रावण २०७८ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App