१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली नहरमा मृत व्यक्ति फेला

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ।

कमला नहर भत्किंदा १८ करोडको क्षति

कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किंदा त्यहाँ करीब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

पानी नबगेरै भत्किएको नहर

व्यवस्था पञ्चायत थियो। पञ्चहरूले २०४२ सालमा प्युठानको ठूलो भूभाग सिँचाइ हुने भन्दै रोल्पाको लुंग्री खोलाबाट १२ किलोमिटर नहर निर्माण सुरु गराए। तर तीन दशकमा पनि काम सकिएन। प्युठानको लुंग्री माडी सिँचाइ आयोजना अहिले पनि अन्योलमा छ। सिँचाइ अभावमा यहाँका स्थानीयले वर्षामा समेत सजिलो गरी धान रोप्न पाएका छैनन्। स्वर्गद्वारी नगरपालिकाका तीनवटा वडाका साढे सात सय घरधुरीको १२ सय हेक्टरबढी जग्गामा सिँचाइ पुग्ने यो आयोजना अलपत्र परेको जानकारी पाएकाहरूसमेत मौन बसेको स्थानीयको गुनासो छ।

सर्जक सर्जनहरू

जताततै निराशा मात्र छैन। सुरुङको अर्को छेउमा उज्यालो भनेजस्तै छ, केही व्यक्तिको काम। तिनैका कारण आशाको किरण देखा पर्छ। एउटा असल मानिसले संस्था निर्माण गर्छ।

भारतीय नहर भत्काएपछि जोगिए नेपालका दर्जनभन्दा बढी गाउँ

दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँपालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिमबाट निस्किएको छ। ओरिया नदी र बर्खे पानीको निकास साघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

शारदा नहरमा बस खस्यो, ३२ नेपालीको जीवितै उद्धार

भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरिएको छ।

नहर पुरेर सडक

प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिए पनि सांसदले नहर पुरेर सडक बनाएको पाइएको छ । रौतहट–४ प्रदेश ‘ख’ का सांसद सेख फुलबाबु भनिने अब्दुल कलाम आजादले आफ्नै गाउँछेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक बनाएका हुन् । गढीमाई नगरपालिका–३ र ४ जोड्ने बाग्मती सिँचाइ आयोजनाको ३२ फिट चौडा नहर पुरेर रामरहिम जल उपभोक्ता समितिमार्फत सडक बनाइएको हो । करिब १२ सय मिटर नहरलाई पुरेर सडक बनाइएको छ ।

सांसद्को मनपरी

प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिदैं आइरहेको भए पनि प्रदेश संसदमा विकास समितिका सभापतिले नहरलाई पुरेर सडक निकालेको भेटिएको छ। रौतहटको संघीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘ख’बाट प्रदेश सांसदमा निर्वाचित शेख फूलबाबु भन्ने अब्दुल कलाम आजादले आफ्नै गाउँ छेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक निकालेको भेटिएको हो।

उपभोक्ताको सहभागितामा बबई सिँचाइको मूल नहर

सयौं उपभोक्ताको सहभागितामा शनिबार बबई सिँचाइ आयोजनाको मूल नहर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। विगतमा झैं रोपाइँ सुरु हुनुपूर्व साविकका तीन गाविस (पदनाहा, धधवार र मगरागाडी) का सयौं उपभोक्ताको सहभागितामा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा ३ हजार ५ सय जनाको सहभागिता रहेको बबई सिँचाइ आयोजना कार्यालयको रेकर्डमा उल्लेख छ। शनिबार बिहान ८ बजे नहरभित्र पसेका उपभोक्ताले दिउँसो १२ बजेसम्म नहर सफा गरेका थिए।

बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

सम्झौताका क्रममा आयोजना कार्यालयले जति हतार गरे पनि अहिले कामको गति निकै सुस्त छ। एकैपटक तीन अर्बभन्दा बढीको ठेक्का सम्झौता गराउन तत्कालीन आयोजना निर्देशक बस्नेतले ठूलै कसरत गरेको उनका पूर्वसहकर्मी सम्झिन्छन्।

५ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण गरेका छौं

जनप्रतिनिधि भएर आएको दुईवर्ष बितिसक्यो। हाम्रो वडा ग्रामीण भूभागमा अवस्थित छ। त्यसैले कच्ची सडकको स्तरोन्नति, खानेपानी लगायतका योजनालाई प्राथमिकताको साथ अगाडि बढाइरहेका छौं।

‘अद्भुत तिवारी’

साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक भएको छ। राजधानीमा लेखक सिग्देलका दुई नातिनीहरूले पुस्तक सार्वजनिक गरे। सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे।

जमुनी सिंचाई आयोजनाको पानी ६ महिनाभित्र रौतहटमा आउने

जमुनी सिंचाइ आयोजनाको पानी ६ महिनाभित्र गण्डक नहर हुँदै रौतहटमा आउने भएको छ। रौतहटको दक्षिण, पूर्वी भेगका किसानलाई समुचित रुपमा सिंचाईको व्यवस्थापन नहुँदा वर्षेनी अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता अबको ६ महिनाभित्र समाप्त हुने भएको छ।

सिक्टाको डुडुवा शाखा नहरमा अर्को ठेक्का खोल्ने तयारी

सरकारले सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका लागि अर्को ठेक्का खोल्ने तयारी गरेको छ।  यसअघि ठेकेदार ‘कोस्टल–पप्पु जेभी’ले सम्झौता गरे पनि तोकिएको समयभित्र काम सम्पन्न नगरेको भन्दै सरकारले कालो सूचीमा राखेर ठेक्का तोडेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्