२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तुवाँलोले पोखरा अस्तव्यस्त

तुवाँलोका कारण पर्यटकीय क्षेत्र पोखराको दैनिकी नै अस्तव्यस्त बनेको छ । पोखरा आसपासका डाँडाकाँडा ढाकिएका छन् भने चारदिनदेखि पोखरा सहर हवाई सम्पर्कबाट बिच्छेद भएको छ । अस्पतालमा बिरामी बढेको चिकित्सकले बताएका छन् ।

तीन दिनदेखि पोखरा धुम्म

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार आइतबार मध्याह्न पोखराको वायुको गुणस्तर शनिबारकै जति थियो। वायु गुणस्तर सूचकांक स्वास्थ्यका दृष्टिले हानिकारक रहेको उनले बताए। उनका अनुसार पोखरालाई बाक्लो तुवाँलोले ढाकेको छ। तुवाँलोमा धुलो र धुवाँको मिश्रण हुन्छ। जसका कारण भिजिबिलिटी पनि घटेको उनले बताए।

तुँवालोले पोखराको हवाई उडानमा अवरोध, आइतबार ३२ उडान रद्द

धुँवा र धुलोका कणले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा तीनदिनदेखि प्रभावित भएको छ । आइतबार पनि प्रदूषण कम नहुँदा यहाँबाट हवाइजहाजको उडान हुन सकेनन् । आइबार तय गरिएका ३२ वटा उडान रद्द भएका छन् ।

अझै घटेन पोखरामा वायु प्रदूषण (तस्बिरसहित)

पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवा/ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ । पोखरा दिउँसै अध्यारो देखिएको छ ।

भिजिविलिटी नपुग्दा पोखराबाट हुने सबै उडान रद्द

शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएको भएपनि भिजिविलिटी नपुग्दा सबै उडान रद्द भएको पोखरा विमानस्थलले बताएको छ ।

वायु प्रदूषणले ढाकियो पोखरा (तस्बिरसहित)

केहीदिन देखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी त घटाएको छ नै चारैतिर अस्तव्यस्त पनि बनाएको छ । एकाएक वायु प्रदूषण बढेपछि पोखरेली पनि चिन्तित बनेका छन् ।

बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न ९० लाखको सम्झौता

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिलाई जिम्मा लगाइएको छ ।

‘अस्फाल्ट कंक्रिट’ ले चिल्लो सडक

‘अस्फाल्ट कंक्रिट’ आफैंमा बिटुमिनसँग मिसिएको कंक्रिट हो, जसलाई उच्च गुणस्तर र ठूलो आकारमा उत्पादन गरेर सडक कालोपत्रे गर्न प्रयोग गरिन्छ। त्यही कंक्रिट प्रयोग गर्न थालेपछि अहिले पोखरा सहरका मुख्य सडक चिल्ला र सजिला भएका छन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानी डाँडामा रहेका रुख काट्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको छ। अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सय रुख काट्ने बाटो खुलेको छ। रुखसँगै रिठ्ठेपानीको डाँडा पनि कटान हुनेछ।

लेखनाथ खास्टे ताल महोत्सव हुने

‘खास्टे जाऊँ, माछा खाऊँ’ नारासहित हुने महोत्सवको उद्देश्य खास्टे र न्युरेनी तालको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए। महोत्सवमार्फत आन्तरिक पर्यटन चलायमान गराउने समेत आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सयवटा रुख काट्नका लागि बाटो खुलेको छ । रुखसँगै रिठ्ठेपानीको डाँडा पनि कटान हुनेछ ।

पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेट लिग सोमबारदेखि

पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरा विमानस्थलमा हवाईजहाज दुर्घटनापछिको उद्धार अभ्यास (फोटो फिचर)

जहाज दुर्घटना परेर आगलागी भएमा के र कसरी उद्धार र नियन्त्रण गर्ने भनेर बुधबार पोखरा विमानस्थलमा अभ्यास गरिएको छ । विमानस्थलले हवाई दुर्घटनाको तयारीबारे जानकारी दिन बेलाबेला यस्तै अभ्यास गर्दै आएको छ ।

समाजवादी मार्गमा पोखरा महानगरपालिका

दुईवटा वर्गको समिश्रणबाट समाज संरचित भएको हुन्छ । एक शोषक वर्ग अर्को शोषित वर्ग । उत्पादनका स्रोत तथा साधनहरूमाथिको स्वामित्व, उत्पादित वस्तुहरूमाथि बजारको नियन्त्रण र श्रमिक वर्ग वा भनौँ शोषित वर्गको श्रममाथिको नियन्त्रणले नै शोषक वर्ग र शोषित वर्ग निर्धारण गर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्