७ आश्विन २०८१ सोमबार
image/svg+xml

स्थानीय निर्वाचन २०७९ः मतदाता परिचयपत्र नभए नागरिकता

आयोगले मतदाता नामावलीमा दर्ता भएका नयाँ मतदाता र परिचयपत्र हराएकालाई मतदाता परिचयपत्र वितरण गर्ने पनि जनाएको छ। ‘पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने।

वैशाख ३० गते सार्वजनिक बिदाः परिचयपत्र नहुनेलाई पनि मतदानको व्यवस्था

निर्वाचन आयोगले निर्वाचनमा मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र सहकारी सबैलाई बिदा दिन आग्रह गरेको थियो।

निर्वाचनमा प्रयोग गरिने सिसी क्यामरामा अनियमितता

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय तहहरुलाई अनिवार्य रुपमा मतगणना स्थलमा राख्ने सिसी क्यामरा खरिदमा अनियमितता देखिएको छ।

महिला आयोगद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रिय महिला आयोगले कतिपय स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारले लैङ्गिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित गरी आँच पुर्‍याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मतपत्र छपाइ सम्पन्न

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ।

आयोगद्वारा २४ घन्टे स्पष्टीकरण

आयोगले आज भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

गोकर्णेश्वरमा कांग्रेस–एमाले प्रतिस्पर्धा

गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल, एमालेले मेयरमा उद्धव बिष्ट र उपमेयरमा सान्नानी लामा तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनले मेयरमा गोपाल बराल र उपमेयरमा पेमाछिरी शेर्पालाई उम्मेदवार बनाएका छन्।

बैंकिङ प्रणालीमार्फत चुनाव खर्च गर्न आयोगको निर्देशन

आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाइ तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने र निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

फितलो बन्दै आयोगः अझै सार्वजनिक गर्न सकेन उम्मेदवारको सूची

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सम्बन्धित सबै निर्वाचन कार्यालयमा सबै काम कानुन सम्वत भैसकेको दाबी गरे। उनले उम्मेदवारहरूको दाबी विरोध, चिह्न वितरणलगायतका काम निर्वाचन कार्यतालिकाअनुसार नै भैसकेको बताए। प्राविधिक कारणले समयमै उम्मेदवारहरूको एकमुष्ठ सूची प्रकाशन गर्न नसकेको उनले स्वीकार गरे।

स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण

नेसनल कलेजमा आयोजित मेयरका उम्मेदवारहरूसँग राखेको छलफल कार्यक्रममा विभिन्न व्यक्तिले बोलेको भनी सार्वजनिक भएका विषयवस्तुहरू सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

तीन सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्विरोध निर्वाचित हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेको जानकारी दिएका छन्।

निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ।

उम्मेदवारविनाको चुनाव चिह्न

मतपत्रको कागजी व्यवस्थाको विकल्पका बारेमा पनि आयोग पदाधिकारीले विभिन्न मुलुक घुमिरहँदा के भ्रमण भत्ताको मात्र लोभ राखेका थिए? थिएनन् भने विद्युतीय मतदान र त्यसले जोगाउन सक्ने निर्वाचन खर्चको अंकगणित निकाल्न कसैले रोकेको थिएन।

उम्मेदवारविरुद्ध मिथ्या सूचना सम्प्रेषण गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

चुनाव सम्बन्धी भिडियो प्रचार गर्नेलाई पुरस्कार

चुनाव सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्