२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

महिला आयोगद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रिय महिला आयोगले कतिपय स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारले लैङ्गिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित गरी आँच पुर्‍याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस किसिमको अभिव्यक्तिले लैङ्गिकता तथा व्यक्तिको आस्था तथा मानव अधिकार र सामाजिक सद्भावमा आँच आउने अवस्था देखिएकाले यस्तो अभिव्यक्ति प्रकट नगर्न तथा सबैप्रति सम्मान जनाउने गरी आफ्ना अभिव्यक्ति राख्न पनि आयोगले सबै दल, उम्मेदवार तथा दलका कार्यकर्ता र मतदाताहरूमा आयोगले अनुरोध गरेको छ।

‘साथै यस्ता विषयमा निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराउँछ’–आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ। स्थानीय तहको निर्वाचन २०७९ मा सम्बन्धित निकायहरूका लागि विभिन्न राजनीतिक दल तथा व्यक्तिले उम्मेदवारी दिने, उम्मेदवारीमाथि उजुरी तथा उजुरीमाथि छानबिन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको उल्लेख गर्दै आयोगले सबै उम्मेदवारहरू आआफ्नो क्षेत्रमा आआफ्नो जीत सुनिश्चितताका लागि प्रचारप्रसार गरिरहेका पनि विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २५ वैशाख २०७९ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App