प्रतिशोधको राजनीतिक पृष्ठभूमिमा पाकिस्तानको निर्वाचन
सामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हुँदैन। तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ। यही महिनाको अन्त्यतिर हुनलागेको संसदीय निर्वाचनमा पनि सेनाको भूमिका कस्तो हुन्छ र ‘सेना पक्षीय दलले’ जित्छ या प्रजातान्त्रिक धारको दलले भन्ने दृष्टिकोणबाट विश्लेषण गरिएको छ।