२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बावेमा जुलाई ३० मा निर्वाचन

हरारे– रोबर्ट मुगावेको शासनपछि जिम्बावेमा पहिलो पटक जुलाई ३० मा राष्ट्रपति तथा संसदीय निर्वाचन हुने भएको छ ।
जिम्बावेका राष्ट्रपति एमर्सन मनानगाग्वाले बुधबार निर्वाचन अन्तर्राष्ट्रिय पर्यवेक्षणसहित स्वतन्त्र र निष्पक्ष हुने दाबी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

जिम्बावेमा लामो समयसम्म शासन गरेका ९४ वर्षीय मुगावेलाई पदबाट वर्खास्त गरिएपछि मनानगाग्वा सत्तामा आएका थिए । गत वर्ष मुगावेविरुद्ध सैनिक ‘कू’ गरेर सत्तामा आएका मनानगाग्वाले आफ्नो सरकारको वैधानिकता पुष्टि गर्नका लागि निर्वाचन आह्वान गरेको अनुमान गरिएको छ।

उनले सत्तामा आउँदा मुगावेको दमनकारी शासनलाई अन्त्य गर्ने र विदेशी लगानीकर्तालाई स्वदेश ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । जुलाईमा हुने भनिएको निर्वाचनमा पूर्व राजनीतिक खेलाडी मुगावेले २० वर्षमा पहिलो पटक सहभागी हुन पाउने छैनन् । निर्वाचनको मिति घोषणा गरेलगत्तै राष्ट्रपति मनानगाग्वाले अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि आह्वानसमेत गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App