निर्वाचन अघिको मौन अवधि हटाउन माग
निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएको छ।
निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएको छ।
नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भित्रै महानगर पर्ने भएकाले अर्बौको बजेट ल्याउन सहज भएको बताएकी छन् ।
पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभिएबाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायीसमेत हुन् ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन्।
बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन्। गुरुङले प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई परास्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्।
काठमाडौं जिल्ला अदालतले निर्वाचन रोक्ने मागसहित परेको रिटमा अन्तरिम आदेश जारी गर्नुनपर्ने भन्दै फैसला गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुप्रतिक्षित निर्वाचन शनिबारको निर्धारित मितिमै हुने भएको छ।
लिबियाको निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भने अन्य १० घाइते भएका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने तय भएको निर्वाचन रोक्न उपाध्यक्ष पदका उम्मेदवार विराटजंग शाहीलगायतले बुधबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका छन्।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विवाद हुँदा शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेन।
क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार नयाँ विधानअनुसार नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन नै निलम्बन फुकुवा गर्ने अर्को कदम हुने जनाएको छ।
पाटन उच्च बुधबार निर्वाचन नगराउनु भनि यसअघि दिएको अन्तरिम आदेश खारेज गरेसँगै अखिल नेपाल फुटबल संघ(एन्फा) निर्वाचनको बाटो खुलेको छ। यससँगै निर्वाचन कमिटीले प्रस्ताव गरेको मिति वैशाख २२ मै निर्वाचन हुने निश्चित भएको छ।
ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनको मात्र नभएर समग्र कांग्रेसको समिक्षा हुनुपर्ने बताएका छन्।
बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्।