त्रिपाेली- लिबियाको निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भने अन्य १० घाइते भएका थिए।
राजधानी त्रिपोलीमा रहेको निर्वाचन अायाेगकाे कार्यालयमा आक्रमण भएको हाे । आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको छ। इस्लामिक स्टेट (आइएस) का लडाकूहरुले कार्यालयमा आक्रमण गरेको अधिकारीहरुले दाबी गरेका छन्।
प्रकाशित: २० वैशाख २०७५ ०६:१५ बिहीबार