२७ पुस २०८१ शनिबार
image/svg+xml

एकै दिन ११४ जनामा कोरोना पुष्टि

बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ।

दाङमा एकैदिन १५ जनामा कोरोना संक्रमण

दाङमा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू घोराही उपमहानगरपालिकाका सात जना पुरुषहरू छन्। यसैगरी लमहीका आठ जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित

रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण

संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ।

कोरोना संक्रमितलाई वर्गीकरण गरी उपचार गरिने

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ। प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ।

युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत

कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ।

रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाई

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन्।

बागलुङमा ६ जनालाई कोरोना संक्रमण (अपडेट)

बागलुङमा ६ जनामा कोरोना संक्रमण भएको छ। भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बसिरहेका थिए। गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको पीसीआर परीक्षण भएको थियो।

बर्नमाउथका गोलकिपरलाई कोरोना

गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेलाडी को थिए भन्ने बताइएको थिएन ।

सिजन रद्द गर्ने निर्णयमा पुनर्विचारको आग्रह

‘जुन २ मा फ्रेन्च फुटबलमा भएको ठूलो गल्ती सुधार हुने आशा राखेका छौं । जुनमै खेल सुचारु हुनेछ भन्ने विश्वास छ, साथै जुलाई र अगस्टमा पनि सम्भावना बाँकी नै छ ।’

कोराेना कहर : अबको बाटो

एकातिर दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी गुजारा गर्ने तथा कृषि पेशामा आवद्ध कृषकहरू मर्कामा रहेका छन् भने अर्कोतिर कृषकको मेहनतले उब्जेका उत्पादनले बजार पाएको छैन्। त्यसैगरी शहर केन्द्रित वर्गले पैसा नै तिरेर पनि उक्त उत्पादन सहज रूपमा खरिद गर्न सक्ने अवस्था छैन ।

बागलुङका संक्रमित सबै युवा

बागलुङका ६ जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये बडिगाड गाउँपालिकाका दुईजना र तमनखोला गाउँपालिकाका चारजना रहेको निर्देशनालयले जनाएको छ।

पहाड उक्लिदै कोरोना संक्रमण

स्याङजामा मंगलबार दुईजना युवामा कोरोना संक्रमण पुष्टि भयो । केहीदिन अघि भारतबाट आएका उनीहरुको स्वाब पोखराको प्रयोगशालामा परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–७ का २० र २९ वर्षिय ती युवामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशका सातजनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना कोषमा काँग्रेसको दुई लाख

तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले दुई लाख रुपैयाँ सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्