६ आश्विन २०८१ आइतबार
image/svg+xml

कथाले मागेपछि बामगठबन्धनः पाण्डे

बामगठबन्धन विभिन्न चरणका आन्दोलनका उपलब्धि संस्थागत गर्न गरिएको पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले बताएका छन् । उनले प्रतिनिधी र प्रदेशसभा चुनाव बामगठबन्धन र बामईतरबचिको भएको समेत बताए ।

वाम गठबन्धनमा माओवादी पकड

एमालेलाई साठी र माओवादीलाई चालीसका आधारमा भागबन्डा गर्ने सर्तमा बनेको वाम गठबन्धनले राप्तीमा आसन्न निर्वाचनमा एमालेको उपस्थिति कमजोर बनाइदिएको छ । राप्तीका ६ जिल्ला दाङ, सल्यान, रोल्पा, रुकुम पूर्वी र रुकुम पश्चिम तथा प्युठानमा प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सिट माओवादीको भन्दा कम हुने भएको छ ।  कुल ८ निर्वाचन क्षेत्रमध्ये माओवादीले प्रतिनिधिसभाका ५ सिट पाउँदा राप्तीमा एमालेको २ छ भने राष्ट्रिय जनमोर्चाले बामगठवन्धनबाटै एक सिटमा उम्मेदवारी पाएको छ । यस्तै प्रदेशसभाका १६ सिटमध्ये माओवादीले ९ स्थानमा उम्मदवारी पाएको छ भने एमालेले ७ क्षेत्रमा मात्रै उम्मेदवारी पाएको छ।

वाम गठबन्धन बागीको अलमलमा, काँग्रेस चुनावी प्रचारमा

आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ।

स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताएका छन्।

माओवादी ‘गढमा गठबन्धनमा बाधा’

पार्टी एकीकरणको उद्घोषसहित माओवादी केन्द्रले एमालेसँग गरेको चुनावी ‘गठबन्धन’ उसको आफ्नै ‘आधार क्षेत्र’ मा अस्वीकृत भएको छ । माओवादीले आफ्नो ‘गढ’ दाबी गर्दै आएको राप्तीमा वाम गठबन्धनलाई अलि रुचाइएको छैन । फलस्वरुप गठबन्धनविरुद्ध माओवादीबाटै बग्रेल्ती ‘बागी’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । माओवादीले आफ्नो गढ मान्दै आएको प्रदेश नम्बर ६ मा पर्ने सल्यान जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्न्तर्गतका सबै चुनावी क्षेत्रमा वाम गठबन्धनविरुद्ध बागी उमेदवार खडा भएका छन् । ‘उम्मेदवार चयनमा अत्यन्त अन्याय भयो,’ माओवादी सल्यान इन्चार्ज नेबबहादुर कुँवरले भने, ‘यो अन्यायविरुद्ध साथीहरू फिल्डमा उत्रनु भएको हो।’

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

लाेकतान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा

पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नम्बर ७ का चार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । निर्वाचन हुन लागेको प्रदेश नं.७ का चार जिल्लामा बैतडी, बाजुरा, बझाङ र दार्चुला छन् । यी चार जिल्लाबाट प्रतिनिधिसभामा ४ जना (प्रत्येकबाट एक÷एक) र प्रदेशसभामा ८ जना (प्रत्यकेबाट दुई÷दुई) गरी कुल १२ जना निर्वाचित हुनेछन् ।

बाम गठबन्धनले पाँच वर्ष टिक्ने सरकार बनाउँछ : दाहाल

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताएका छन्।

वामगठबन्धनको समर्थनमा राप्रपाका लिङ्देनको उम्मेद्वारी दर्ता

आगामी मंसिर २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। उनले वाम गठबन्धनको समर्थनमा आज मध्याह्न उम्मेद्वारी दर्ता गराएका हुन्।

प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताए।

काभ्रेपलाञ्चोकमा लोकतान्त्रिक गठबन्धन भङ्ग

काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन बिहीबार लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ।  उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए।

सिट बाँडफाँटमा समस्या हुँदा गठबन्धन सकसमा

गठबन्धनका ‘हेभिवेट’ नेताहरूका लागि भाग पु¥याउनै समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँट मुद्दा जटिल बनेको छ । जिल्लाका नेताहरूको उपस्थितिमा राजधानीमा चलिरहेका बैठकबाट सिट बाँडफाँटको सकस समाप्त भएको छैन ।

पकड कसिलो पार्दै वाम गठबन्धन

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर २ मा मजबुत उपस्थितिका लागि वाम गठबन्धन, मधेस केन्द्रित दल र कांग्रेसले राणनीतिक कसरत तीव्र पारेका छन् ।

काँग्रेस-राप्रपाको गठबन्धन यथावत रहने

झापा-३ मा काँग्रेसको उम्मेदवार उठाउने निर्णय एवं मकवानपुरमा कमल थापालाई समर्थन गर्न नसक्ने जिल्ला नेताहरुको भनाइपछि संकटमा परेको काँग्रेस(राप्रपा तालमेल अन्ततः झापाबाहेकका क्षेत्रमा यथावत रहने भएको छ।

इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्