६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काभ्रेपलाञ्चोकमा लोकतान्त्रिक गठबन्धन भङ्ग

बनेपा – काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन बिहीबार लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ। 

उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। 

उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा रेशम लामा र प्रदेशसभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय गर्न बाँकी रहेको बताए। राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा दिलबहादुर योञ्जन, रोहित बादे र प्रदेशसभामा रामकृष्ण सापकोटा, कृष्णगोपाल पाण्डेको नाम सिफारिस भएको बताइएको छ। 

केन्द्रले पनि मिलाउन चाहेन र काँग्रेसले पनि मिलाउन सकेन त्यसैले गठबन्धनबाट हामी अलग भयौँ केसीले भने। राप्रपा प्रजातान्त्रिक सरकारमा समेत सहभागी छ। 

प्रकाशित: १६ कार्तिक २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App