बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, नेताको गाडी डुब्यो
तीन दिनदेखि भइरहेको अविरल वर्षापछि चुरे क्षेत्रबाट आएको बाढीले राैतहटकाे चन्द्रपुर नगरपालिका चाँदी खोला नजिकै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
तीन दिनदेखि भइरहेको अविरल वर्षापछि चुरे क्षेत्रबाट आएको बाढीले राैतहटकाे चन्द्रपुर नगरपालिका चाँदी खोला नजिकै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
लमजुङ- अविरल वर्षासँगै आएको वाढीले सडकखण्ड बगाएपछि जिल्लाको उत्तरीभेग हुँदै हिमालपारीको जिल्ला मनाङसम्मको यातयात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ।
बुधवार साँझ आएको अविरल वर्षाकाकारण नवलपरासीको चिसापानीमा लाग्ने साप्ताहिक हाटबजार प्रभावित बनेको छ। बाढी पस्दा करिव २० लाख बढीको क्षती भएको व्यापारीहरुले बताएका छन्।
दाङ- सिँचाईमन्त्री दीपक गिरीले बाढी प्रभावित जिल्लाहरुलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ। भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन्।
बाढीपहिरो, डुबानजस्ता प्रकृति प्रकोपका घटनामा परेर साउनको पहिलो सातादेखि हालसम्म १३१ को मृत्यु भएको छ। व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले सो अवधिमा देशका विभिन्न भागमा भएका ती प्राकृतिक प्रकोपका घटनामा परेर २४ जना बेपत्ता हुनाका साथै ६६ जना घाइते भएको विवरण प्रस्तुत गरे।
कठमाडौं– हाँस्य कलाकार कुमार कट्टेल(जिग्री) र अर्जुन घिमिरे(पाँडे)ले स्थापना गरेको जिग्री–पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढीपहिरो पीडितलाई राहात वितरण गरेको छ। भूकम्पपछि सामाजिक सक्रिय प्रतिष्ठानले प्युठानको लुङ–६, बहाने पुगेर बाढीपहिरो पिडितलाई सहयोग वितरण गरेको हो।
तिलाठि(सप्तरी)- बरिष्ठ चिकित्सक गोबिन्द केसी सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनी बाढी प्रभावित जनताको उपचार गर्न सीमावर्ती गाउँ तिलाठी आएका हुन्।
चरिकोट- अविरल बर्षा पछि आएको बाढीले दोलखाको सदरमुकाम चरिकोटबाट रामेछापको सदरमुकाम मन्थली जोड्ने पुष्पलाल मार्ग स्थित ढोलि खोलाको पुल बगाएको छ।
काठमाडौं-बाढीले पुल बगाएको एक सातासम्म पनि वैकल्पिक व्यवस्था नहुँदा जिल्लाको अधिकारीचौर गाविसका आधा दर्जन गाउँमा आवतजावत गर्न समस्या भएको छ । सो गाविसका रहेको भुजी सहित विभिन्न खोलाका आठ पूल बगाएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । बजारसंगको सम्पर्क टुकेको छ, सयौं विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।
दुनै (डोल्पा)– वर्षा यामको सुरुवात सँगै डोल्पा सदरमुकाम दुनैमा बाढीको उच्च जोखिम रहेको छ। सदरमुकामको छेउमै पर्ने ठूलो भेरीमा पानीको बहाव औसत भन्दा धेरै बढेपछि सदरमुकामनै उच्च जोखिममा परेको हो।
राजविराज-सप्तरीको कोबर्साईन गाविसका झण्डै एकसय परिवार अझै पनि कोसी पश्चिमी तटबन्ध छेउमा लगाईएको रेडक्रसको क्याम्पमा बस्न बाध्य छन् । महिला बालबच्चासहित झण्डै ५ सय जति बाढी पीडित पछिल्लो एकसाता देखि उक्त क्याम्पमा बस्दै आएका हुन् ।
नेपालगन्ज-सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्दै बाँकेका राप्ती बाढी पीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।
काठमाडौँ- नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ।