चरिकोट- अविरल बर्षा पछि आएको बाढीले दोलखाको सदरमुकाम चरिकोटबाट रामेछापको सदरमकाम मन्थली जोड्ने पुष्पलाल मार्ग स्थित ढोलि खोलाको पुल बगाएको छ। बर्षाले पुल बगाउँदा चरिकोट देखि दक्षिणका आधादर्जन गाविस र रामेछाप सदरमुकाम मन्थलीसँगको यातायात सम्पर्क विच्छेद भएको छ।
खोलाको पुल बगाएर तामाकोसी नदीमा पुर्याएको प्रहरीले जनाएको छ। जसको कारणले केही बेर तामाकोसी नदी थुनिए पनि अहिले खुलिसकेकोले तल्लो तटिय क्षेत्रमा कुनै खतरा नरहेको इनिस्पेक्टर विनोद सुनुवारले बताए।
प्रकाशित: २२ श्रावण २०७३ १३:४५ शनिबार