मुलुकी ऐनको नालीबेली
१९१०को ‘अैन’ लाई नयाँ मुलुकी ऐनले २०२०सालमाखारेज गरिसकेको छ । नयाँ मुलुकी ऐन २०२० भदौ १ मा प्रारम्भ भएको थियो र उक्त ऐनलाई २०७५ भदौ १ गते अवसान घोषणा गरेर अन्त्येष्टि गरेको छ ।
१९१०को ‘अैन’ लाई नयाँ मुलुकी ऐनले २०२०सालमाखारेज गरिसकेको छ । नयाँ मुलुकी ऐन २०२० भदौ १ मा प्रारम्भ भएको थियो र उक्त ऐनलाई २०७५ भदौ १ गते अवसान घोषणा गरेर अन्त्येष्टि गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिशका लागि अाज संवैधानिक परिषदको बैठक बस्ने भएकाे छ।
सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए।
गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन्। प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापा गएका हुन्।
ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मंगलबार बताएका छन्। ‘अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौं,’ ग्रीसको आर्थिक संकट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकमबाट मुक्ति पाएको भन्दै प्रधानमन्त्री सिप्रासले बताए।
कृषिप्रधान मुलुकमा सबैभन्दा उपेक्षित किसान नै छन् । किसानलाई संरचनात्मक ढंगले उपेक्षा गरेका कारण आज मुलुक खाद्यान्न, तरकारी र फलफूलसमेत आयात गरेर खाने अवस्थामा पुगेको छ । मुलुकको जनसंख्या वृद्धिले मात्र देशभित्र खाद्यान्न आयात गर्नुपरेको होइन।
संविधान जारी भएको तीन वर्ष पुग्नै लाग्दा बल्ल सरकारले नयाँ आठ संवैधानिक आयोग गठन प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद् सचिवालयले आठ संवैधानिक परिषद्का अध्यक्ष र सदस्यका लागि सार्वजनिक रुपमा दरखास्त आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेसबुकबाट समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सूर्यविनायक ३ का ४४ वर्षीय होमनाथ सिग्देललाई मंगलबार बबरमहलबाट पक्राउ गरेको एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुविधासम्पन्न प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका छन्। उनले आफु सैनिक सुरक्षा भएको तीन कोठे घरमा बस्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संसारकै सबैभन्दा थोरै कर भएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा ओलीले नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमै नभएको बताए।
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई प्रदेश सभा डुल्नेकि आफ्ना काम गर्ने भन्ने प्रश्न गरेका छन्। मंगलबार संसदमा बोल्दै थापाले प्रदेश सभाको भ्रमण गरेर उपदेश दिन भन्दा कामको दायीत्व निर्वाह गर्न आग्रह गरे।
सरकारले विभिन्न आठ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवलयले एक सूचना जारी गर्दै आठ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने जनाएको हाे।