२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आठ संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यका लागि दरखास्त माग

काठमाडौं – सरकारले विभिन्न आठ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवलयले एक सूचना जारी गर्दै आठ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने जनाएको हाे।

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदन दिन अाग्रह गर्दै परिषद् सचिवालयले आज सूचना जारी गरी सात दिनको म्याद दिएको छ। आठ सवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि उम्मेद्वार माग गरिएको परिषद् सचिवालयले जनाएकाे छ।

उम्मेदवारहरुले अनलाइनमार्फत् आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ। अनलाइनमार्फत आवदेन दिनका लागि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गएर संवैधानिक परिषद्को लिंकमा गई आफुले चाहेको पदमा दरखास्त आह्वान गर्न सकिने परिषद् सचिवालयले जनाएकाे छ।

प्रकाशित: ५ भाद्र २०७५ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App