५ माघ २०८१ शनिबार
image/svg+xml
कला

चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ। माघ १६ मा प्रदर्शन हुने यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई प्रमुख विषय बनाएको छ।

राजन भुसालद्वारा निर्देशित यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई मुख्य भूमिकामा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रलाई प्रस्तुत गरेको छ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ।

राजबल्लभ कोइरालाले ग्रे क्यारेक्टरमा षड्यन्त्र र द्वन्द्व सिर्जना गर्ने भूमिका निर्वाह गरेका छन्। ट्रेलरले निश्चल बस्नेतको इन्ट्रीलाई सस्पेन्सपूर्ण तरिकाले प्रस्तुत गरेको छ।

चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, र सुशील सिटौलाको प्रमुख भूमिका रहेको छ।

यो चलचित्र राजन भुसालको निर्देशनमा बनाइएको डेब्यु सिनेमा हो। यस चलचित्रबाट अभिनेता राजबल्लभ कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किएका छन्।

यस्तै, दिव्या रायमाझीले यस चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्। दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका छन्। यस चलचित्रको निर्माता थमन कुमार भण्डारी रहेका छन् भने सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की छन्।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन्, सम्पादन निमेष श्रेष्ठले, र संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको योगदान छ। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्। नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान कार्यरत छन्।

‘एक्टर: टेक वन’ माघ १६ गते देशव्यापी प्रदर्शनमा आउनेछ। यस चलचित्रले नेपाली सिनेमामा नयाँ कथा र प्रस्तुति शैली ल्याउने अपेक्षा गरिएको छ। प्रेमकथा, द्वन्द्व, र सस्पेन्सको मिश्रण रहेको ट्रेलरले दर्शकको चासो बढाएको छ र यसले सिनेमा हेर्ने दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।

प्रकाशित: ४ माघ २०८१ १८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App