५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले दिए नवविवाहित जोडीलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् नवविवाहित जोडीहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

विवाहको लग्न परेको दिनको अवसरमा उनले वैवाहिक जीवनमा प्रवेश गरेका जोडीहरूको नयाँ यात्राको शुभकामना व्यक्त गरेका हुन्।

फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज विवाहको लग्न परेको दिन। धेरै ठाउँबाट निम्तो आएको थियो। एउटा विवाहमा सहभागी भएर वर-वधूलाई शुभकामना दिने अवसर मिल्यो। आज वैवाहिक जीवनमा प्रवेश गर्नु भएका सबैलाई बधाई, शुभकामना।’

प्रकाशित: ४ माघ २०८१ १८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App