२ माघ २०८१ बुधबार
image/svg+xml

प्रशासकीय अदालतको क्षेत्राधिकार बढाउन माग

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदालतको क्षेत्राधिकार बढाउनुपर्ने बताएका छन्। प्रशासकीय अदालत दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मिश्रले क्षेत्राधिकार बढाएमा सर्वोच्चलगायत अन्य अदालतलाई कार्यबोझ कम हुने बताए।

राजधानीको निर्णय फिर्ता लिन चौतर्फी दबाब

राजा वीरेन्द्रले २०३८ सालमा पाचौं विकास क्षेत्रको रूपमा ९ जिल्ला रहेको सुदूरपश्चिम बनाएपछि यसको सदरमुकाम दिपायल तोकेको थियो । ऐतिहासिक, सांस्कृतिक पृष्ठभूमि बोकको दिपायल भौगोलिकरूपमा पायक पर्ने ठाउँ थियो।

प्रदेश १ को राजधानी इटहरी बनाउने पक्षमा नेकपामा बहुमत

राजधानीका संरचनाहरु  विभिन्न जिल्लामा छर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव अस्वीकार गर्दै १ नम्बर प्रदेशको सत्तारुढ दल नेकपाका अधिकांश सांसदले इटहरी र आसपासको क्षेत्रमा एकीकृत रुपमा राजधानी स्थापना  गर्न माग गरेका छन्।

घुससहित प्रहरी हबल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घुस रकमसहित एक प्रहरी हबल्दारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत हबल्दार नरुल अन्सारीलाई घुस बापत लिएको ३० हजार नगदसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ।

प्रधानको ‘हिमाल फेदीको मान्छे’

सेवानिवृत्त न्यायाधीश श्यामबहादुर प्रधानको नयाँ कृति ‘हिमाल फेदीको मान्छेको यात्रा’ सार्वजनिक भएको छ।

भूमिगत जलस्रोतको भण्डारणमै राजधानी

भूमिगत जलस्रोतको भण्डार रहेको भावर क्षेत्रमा सुदूरपश्चिम प्रदेशको राजधानी बन्ने भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

पहिला योजना निर्माण अनि छलफल

राजधानीबारे पहिले योजना बनाउने अनि संसदीय दलमा छलफल थाल्ने मुख्यमन्त्री शेरधन राईको कार्यशैलीको नेकपाकै सांसदहरूले विरोध गरेका छन्।

कालाेपाेके राेगले धानबाली नष्ट, किसान चिन्तित

किसानहरुले लगाएको धानबालीमा कालोपोके नामको रोग फैलदा जाजरकाेट जिल्लामा ६५ प्रतिशत धानबाली नष्ट भएको  छ।

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताएका छन्।

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुइवटा बच्चा फुर्तिका साथ खेलिरहेको देख्न पाइन्छ।

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न

संयुक्त राष्ट्रसंघ महासभाको ७३ आैं अधिवेशनमा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्य अमेरिकी देश कोस्टारिकाको भ्रमणमा गएका छन्।

प्रदेश १ : राजधानी सार्ने चलखेलविरुद्ध आन्दोलनको तयारी

विराटनगरबाट प्रदेशको राजधानी सार्ने चलखेल सुरू भएको भन्दै विराटनगरमा आन्दोलनको तयारी सुरू भएको छ। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा राजधानी सार्ने चलखेल विरुद्ध आन्दोलनको तयारी सुरू भएको हो। आइतबार विराटनगरमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा सर्वपक्षीय छलफल आयोजना गरेका छन्।

निलम्बित एसपी बिष्टसहित तीन जनाको डिएनए मेल खाएन

निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेर घटनाको ढाकछोप गर्न सक्रिय रहेकाे अाराेपमा विवादित बनेका तत्कालिन कंचनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट सहित तीन जनाकाे डिएनए परीक्षण रिपाेर्ट अाएकाे छ।

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्