१३ आश्विन २०८१ आइतबार
image/svg+xml

राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

सामाजिक सञ्जालको चरम दुरुपयोग गरी व्यक्तिको चरित्र हत्यामा संलग्नलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने र उक्त भिडियो तथा उनीहरुको पहिचान खुल्ने फोटो तत्काल युट्यूब, टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालबाट हटाउन समेत जरुरी रहेको उनको धारणा छ।

'राजा'बाट 'रैती' मार्गमा राउटे समुदाय

राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ।

राउटे युवतीका सामग्री हटाउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ।

खाद्यान्नको उचित व्यवस्था गरिदिन राउटे समुदायको माग

सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए। सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए।

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ

हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

राउटे समुदायमा देखिएन कोरोना संक्रमण

हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा बस्दै आएका राउटे समुदायको दुई दिनअघि कोरोना परीक्षण गरिएको थियो।

राउटे समुदायको संरक्षणका लागि छुट्टै समिति

जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए।

अब राउटेका लागि छुट्टै समिति

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए ।

‘प्रधानमन्त्रीज्यू दसैंखर्च पठाइदिनुहोस्’

दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै सोे समुदायमा छुट्टै रौनक हुन्थ्यो। जंगली सिकार (बाँदर) का साथै सरकार र दाताको सहयोगबाट खरिद गरिएका खसी–बोकाले बस्ती भरिएको हुन्थ्यो। दिनदिनै बस्तीमा नाचगान चल्थ्यो।

संकटमा राउटे

‘कोरोनाले गास छिन्यो, जंगल जान पनि पाइदैंन, शहर पस्न पनि दिँदैनन्,’ मुखिया वीरबहादुर शाहीले भने, ‘जनता (आफ्नो समुदायका मानिस) भोकभोकै हुन लागे, हामीमाथि ठूलो संकट आइलाग्यो।’

संकटमा राउटे समुदाय

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका मुखिया वीरबहादुर शाहीको नौ जनाको परिवार छ। मुखिया वीरबहादुरसहित तीन छोराको कमाईले उनको चुल्होमा आगो बल्छ। श्रीमतीलाई चार छोराछोरी स्याहार्न र खाना पकाउन ठिक्क हुन्छ। कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) का कारण उनको परिवार अहिले संकटमा छ।

राउटे समुदायलाई राहत वितरण

भेरीगंगा नगरपालिकाको सहत्तरीको जंगलमा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ। लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा यहाँका ४६ घर राउटे समुदायलाई राहत वितरण गरिएको हो।

राउटे समुदायको स्वास्थ्य जाँच

जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको स्वास्थ्य जाँच गरिएको छ। विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढीरहेका बेला गुराँस गाउँपालिकाले राउटे समुदायका एक सय ५१ जना सदस्यहरुको बुधबार स्वास्थ्य जाँच गरेको हो। ‘थर्मल गनमार्फत राउटे समुदायका नागरिकहरुको ज्वरो जाँच ग¥यौं,’ अनमी सुमन काफ्लेले भनिन्, ‘कुनै पनि राउटेमा उच्च ज्वरो देखिएन।’ राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोलामा बस्दै आएको छ।

राउटे समुदायलाई प्रदेश सरकारको खाद्यान्न

लकडाउनका कारण खाद्य संकटमा रहेको राउटे समुदायलाई प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको छ । जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई भेरीगंगा नगरपालिकाको सक्रियतामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।

राउटे बस्तीमा प्रवेश निषेध

कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्ती ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्