१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आत्मनिर्भरका लागि बजार तगारो

लोपोन्मुख राउटे समुदायका युवा दिपक शाही (२०) दिनमा पाँचवटा कोसी निर्माण गर्छन्। तर, विडम्बना उनले काठबाट बनाएका सामग्रीले बजार पाउँदैनन्। जसले गर्दा उनी बेरोजगार जसरी बस्नु पर्छ। १९ वर्षीय हिरासिंह शाहीको पनि उस्तै समस्या छ।

पैसा नछुने राउटेमा बढ्दो द्रव्य मोह

विशेषगरी दारको काठबाट निर्मित ठेकी, आरी आदि सामग्री खाद्यान्नसँग साट्ने र त्यसैबाट जीविकोपार्जन गर्ने राउटे समुदायका उक्त सामग्री बिक्री हुन थालेपछि उनीहरूमा पैसाप्रतिको आशक्ति बिस्तारै बढेको हो।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायको अन्य समुदायभन्दा रहनसहन, रीतिरिवाज र शैली भिन्न छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक छ तर राउटेबाट अरू समुदायले सिक्नुपर्ने कुरा पनि त्यतिकै छन्।

चिसोले दुई राउटे बालकको मृत्यु

जंगलबीचको सानो झुपडीमा १४ वर्षीय पीपल शाही परिवारसहित सुते। बिहान उठ्दा सबै उठे तर पीपल उठेनन्। कारण, ‘चिसोले उनको मृत्यु भइसकेको थियो।’ उनी मात्र होइन चिसोकै कारण पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुरले पनि ज्यान गुमाए।

राउटे: फिरन्ते कि मगन्ते ?

गाडीबाट ओर्लिएर जंगलमा फिरन्ते जीवन बिताउने राउटे बस्ती नियाल्दै थिएँ। परबाट राउटे समुदायका बालबालिका गाडी नजिकै आए। उनीहरूसँगै उनीहरूका अभिभावक पनि गाडीनेरै झुम्म भए। त्यहीँ झुम्म भीडमा एउटा राउटे युवा हात जोड्दै दाजु (दाई) पैसा दिनुन् भन्न थाले। अर्काेले सूर्ति मागे। राउटे समुदायको बस्तीमा पहिलोपटक पुगेको म धेरै कुरा गर्न खोजे, तर उनीहरू पैसा नदिँदासम्म बोल्न मानेनन्। पैसा दिएपछि बोल्ने नत्र प्रतिक्रिया नदिने यो राउटेको संस्कार हो की विकृति? मनमनै सोचें।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायको अन्य समुदाय भन्दा भिन्न रहनसहन, रीतिरिवाज र शैली छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक हुन्छ। तर राउटेबाट पनि अरु समुदायले सिक्नु पर्ने त्यतिकै कुरा पनि छन्। त्यसमध्ये एक हो, ‘छोउगोठमा नबस्ने’। कर्णाली र सुदूरपश्चिममा छाउगोठ बस्ने चलन व्याप्त छ। कतिले छाउगोठमै ज्यान गुमाउनु पर्ने बाध्यता छ तर राउटे समुदायका महिला महिनावारी हुँदा छाउगोठ भने बस्दैनन्।

राउटेलाई न्यानो कपडा वितरण

घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई न्यानो कपडासँगै पोषिलो खानेकुरा वितरण गरिएको छ। पछिल्लो समय अत्यधिक चिसो बढ्दै गएपछि उनीहरू न्यानो कपडा र पोषिलो खानेकुरा वितरण गरिएको हो।

सामाग्रीहरु एकै दिन बिक्री भएपछि खुसी भए राउटे

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा राउटे समुदायले राखेका सामाग्री एकै दिनमा सबै बिक्री भएका छन्। उनीहरूले बनाएका सामाग्री दर्शकको रोजाइमा पर्न थालेको छ।

राउटेको उत्पादनलाई बजार कै दु:ख

पुसको शरिर काप्ने जाडो। गादो र धोतील गाएर वीरेन्द्रनगरमा जारी महोत्सवको मूल गेट नजिकै राउटे समुदायका युवा दर्शकलाई नियाल्दै छन्। उनीहरू (राउटे युवा) को स्टल भन्दा नजिकैका स्टलमा सामान किन्नेको भीड छ। चिसो मा व्यापारले तताएको छ। यता भने नजिकै रहेका राउटे युवा भने शरीर काप्ने चिसोमा सामान किन्ने मान्छेको प्रतीक्षामा छन्।

राउटेले मन्त्रालयलबाट पाएको खाद्यान्न बेचे

सामाजिक विकास मन्त्रालयले राउटेका लागि दिएको खाद्यान्न बेचेका छन्। उनीहरुले बस्तीमा वितरण गरिएको दाल बाहिर सस्तो दरमा बेचेका हुन्।

रक्सीले थलिए राउटे

दैलेखको गुरासँ गाउँपालिका –४ सत्ताचौरस्थित डाँडामा रहेको राउटे बस्तीमा रहेका राउटेहरु रक्सीकै लतले थलिएका छन्। अहिले बस्तीमा रहेका ७ जना राउटेहरु रक्सीको लतले थलिएका हुन्। उनीहरुमा मानशपटल गुमाएको जस्तो गर्ने, शरिर कमजोर हुने, आखाँ पहेलो, ज्वरो, रुकाखोकीले थलिएका हुन्।

राउटेको उपचारमा ढिलाई

हप्तादिन अघिबाट बस्तीमै थलिएका राउटे यूवा कपिल शाहीको उपचारमा सामाजिक विकास मन्त्रालयबाट ढिलाई भएको छ। उनको उपचारका लागि प्रदेश अस्पतालमा भईरहेपनि थप उपचारका लागि बिहीबार नै काठमाडौं रिफर गरिएको थियो। तर, आइतबारसम्म पनि उनलाई काठमाडौं लगिएको छैन।

अक्षर चिन्दै राउटे बालबालिका

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ।

लुकीलुकी पढ्छन् राउटे बालबालिका

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। सदियौँदेखि यहीँ मान्यतालाई आत्मसाथ गर्दै आएका राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यता विपरित लेखपढ गर्न थालेका छन्।

तीन महिनादेखि राउटे युवा बेपत्ता

चार महिनादेखि हराइरहेका आफ्नो समयुदायका युवा जयबहादुर शाहीको खोजी गरिदिन राउटेले सरकारसँग माग गरेका छन्। ३७ वर्षीय शाही वैशाख २५ गतेदेखि हराएका हुन्। ‘हामीले धेरै ठाउँमा खोजी ग-यौं, फेला पार्न सकेनौं,’ राउटे समुदायका युवा प्रकाश शाहीले पत्रकार सम्मेलन गरेर भने, ‘अब सरकारले खोजी गरिदिनु प-यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्