४ पुस २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिए राउटे

राउटे मुखिया सूर्यनारायण शाहीले दैनिक ज्यालादारीमा काम गरौंला भन्ने कल्पनासम्म गरेका थिएनन्। खेतीपाती नगर्ने, एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने यो समुदाय अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिएको छ।

राउटेलाई नागरिकता दिइने

बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ।

राउटेलाई अब नागरिकता

जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो।

गाडी रिजर्भ गरेर बस्ती सरे राउटे

जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय सुर्खेतबाट दैलेख सरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएका राउटे शुक्रबार तीन वटा बस रिर्जभ गरेर दैलेखको गुराँस गाउँपालिकाको निगालपानी पुगेका हुन्।

आधुनिक औजार चलाउन सिक्दै राउटे

वनको स्रोत उपभोग गर्ने विषयमा राउटे र अन्य समुदायबीच द्वन्द्व बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई यस क्षेत्रका सामुदायिक वनको सदस्य बनाउने निर्णय गरेको छ। ‘राउटे करिडोर अन्र्तगतका सबै सामुदायिक वनको विधान तथा कार्ययोजनामा उनीहरुलाई समेट्न डिभिजन वन कार्यालयहरुलाई पत्राचार गरेका छौं’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले भने, ‘यसले राउटे र अन्य समुदायबीच देखिएको द्वन्द्व समाधान हुनेमा आशावादी छौं।’

पक्की घर बनाउँदै राउटे

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन्।

राउटे अब वनका उपभोक्ता

पुसको दोस्रो साता लेकवेशी नगरपालिकाको पार्वती महिला सामुदायिक वन उपभोक्ता समूहले रुखहरु काटेको भन्दै जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायलाई वन क्षेत्रभित्रबाट लखेट्यो।

जीवनमा पहिलोपटक तलब लिए राउटेले

जीवनमा पहिलोपटक जागिर खाएका राउटे समुदायका पाँच जनाले पहिलोपटक तलब बुझेका छन्। सामाजिक सेवा केन्द्र ९सोसेक०द्वारा अघिल्लो महिना सामाजिक कार्यकर्तामा भर्ना गरिएका राउटे समुदायका तीन मुखियासहित पाँच जनाले बुधबार पहिलो महिनाको तलब बुझेका हुन्। जीवनमै पहिलोपटक तलब पाएका राउटे समुदायका अगुवाहरू खुसीले दंग परेका छन्।

जागिर खाना थाले राउटे

राउटेहरू स्पष्ट तीन मान्यता राख्छन्– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने। आफ्नै मान्यताविपरीत पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँचजना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्।

घट्दै राउटे जनसंख्या

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

लखेटिएपछि मन्त्रीको शरणमा राउटे

लेकबेंसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै लखेटेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई गुहारेको छ। सामुदायिक वनमा रूख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए।

वनले लेखेटेपछि मन्त्री भेट्न आए राउटे

लेकवेशी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काट्न नदिएपछि जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढालाई गुहारेको छ। सामुदायिक वनमा रुखहरु काट्दै गर्दा वनका पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए।

राउटे बस्तीमा खाद्यान्न संकट

राउटे समुदायले मंसिर १५ लाई ठूलो पर्वका रुपमा मनाउँछ। दशैं–तिहारपछिको दोस्रो ठूलो पर्वका लागि राउटे समुदायसँग खाद्यान्न छैन्। सरकारले चार महिनादेखिको भत्ता रोक्दा आफूहरुको समुदायमा भोकमरीको अवस्था सृजना भएको मुखिया सूर्यनारायण शाहीले जानकारी दिए।

संविधान दिवस : पैसा दिएर राउटेलाई र्‍यालीमा ल्याइयाे

राउटे मुखिया वीरबहादुर शाहीलाई संविधान के हो भन्ने जानकारी छैन्। नेपाली नागरिकता समेत नबनाउने यो समुदाय जंगलमा फिरन्ते जीवन बिताउँछ।

कष्टकर बन्दै राउटेको जीवन

‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना (लंगुर बाँदर) पनि पाइँदैनन्, मूल सुक्दै जान थाले, लामखुेट्टले पनि साह्रै दुःख दिन्छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको संकेत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । ‘हामी पहिलेका जस्ता रहेनौं, जंगल छोडेर अन्य समुदायको नजिक आएपछि झन् ठूलो समस्यामा परेका छौं’, सूर्यनारायण भन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्