१३ आश्विन २०८१ आइतबार
image/svg+xml

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

सदियौंदेखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो। स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अवदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।

चार महिनापछि भत्ता पाउँदा राउटे समुदायमा  खुसी

चार महिनापछि राउटेले भत्ता भएका छन् । भैरवी गाउँपालिकाले राउटे भत्ता नआएपनि आफ्नै श्रोतबाट राउटेलाई १० महिनाको भत्ता खुवाएको हो । यसअघि ६ महिनाको भत्ता खुवाएको थियो । अहिले राउटे बस्ती रहेको डुंगेश्वर गाउँपालिका –६ ज्यामिरे खेतमा बस्दै आएका छन् । राउटे बस्तीमा ४६ परिवार रहेको छ ।

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

दैलेखको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा यो बस्तीमा पुग्न सकेको छैन ।

राउटे तरकारी खेतीतर्फ आकर्षित

पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।

उपचारपछि घर फर्कने बेला राउटे युवाले भने: भत्ता बढाइदेउ (भिडियो)

आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाही उपचारपछि घर फर्केका छन् ।

राउटेको उपचार र कुलपूजाका लागि सहयोग

दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ।

राउटे महिला डुग्री शाहीको मृत्यु

पाठेघर र निमोनियाले बस्तीमै थलिएकी राउटे महिलाको उपचार नपाएरै मृत्यु भएको छ। राउटे महामुखिया मैनबहादुर शाहीकी २५ वर्षीया छोरी डुग्री शाहीको शनिबार राती मृत्यु भएको हो।

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।

आगोले जलेका राउटे युवा ट्रमा सेन्टरमा भर्ना

आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाहीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए।

आगोले जलेका राउटे युवालाई काठमाडौं लगियो

आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाहीलाई उपचारका लागि काठमाडौं लगिएको छ। अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेका थिए ।

राउटे समुदायको स्वास्थ्य क्षेत्रमा सहयोग जुट्दै

घुमन्ते जीवन विताइरहेका राउटे समुदायलाई पिपुल टु पिपुल बेल्जिमयले सहयोग गर्ने भएको छ।

तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे

परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

राउटे र दलितका लागि कञ्चनपुरमा पाँच सय घर निर्माण हुने

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् ।

मृत्युसँग संघर्ष गर्दै एक राउटे युवा

एक वर्षअघि आगोमा जलेर घाइते भएका एक राउटे युवा मृत्युसँग संघर्ष गरिरहेका छन्। पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेका १८ वर्षीय कपिल शाही उपचार नपाएर मृत्युसँग संघर्ष गरिरहेका हुन्। पाखुरा र ढाडको घाउ बल्झँदै पेटसम्म पुगेको छ।

राजेश हमालको राउटे भेट्ने धोको अधुरै

मध्यपश्चिममा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई भेट्ने अभिनेता राजेश हमालको चाहना अधुरै रह्यो। राउटेको प्रतिक्षामा दुई दिनसम्म वीरेन्द्रनगरमा बसेका हमाल राउटे नआएपछि आइतबार काठमाडौं फर्किए। ‘राउटे समुदायको बारेमा धेरै सुनेको थिएँ, सुर्खेत आएका बेला भेटेर जाउँ भन्ने थियो’, हमालले भने, ‘उहाँ (राउटे समुदाय) अछाममा हुनुहुँदो रहेछ, भेट गर्न सकिएन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्