२६ आश्विन २०८१ शनिबार
image/svg+xml

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैंका लागि टेनिस’

गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ। यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।

मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा

कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो।

महिला क्रिकेटको विकासमा बागमती प्रदेश खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ कार्यविधि पास

प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ। कात्तिक भित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ।

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई सूचीकृत गर्न परिपत्र गरेको छ। सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा (जोखिम बहन) गर्ने निर्णय गरेको छ।

राष्ट्रिय प्रतियोगिता गर्न कर्णालीमा समस्या नभएको दावी

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुनै पनि समस्या नहुने बताएका हुन्।

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ।

भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं

गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो। गतवर्ष एथलेटिक्समा गरेको ट्यालेन्ट हन्ट अहिले नयाँ सदस्य सचिवको आगमनसँगै नयाँ खेलमा ट्यालेन्ट हन्ट गर्ने योजना सार्वजनिक गरेको छ।

सातमहिनापछि प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

गएको असोजपछि गण्डकी प्रदेश खेलकुद परिषदले नयाँ सदस्य सचिव पाएको छ। प्रदेश सरकारले नवलपुरका श्रीधर शर्मालाई सदस्य सचिवमा नियुक्त गरेको हो।

प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषदद्वारा बजेट विनियोजन

प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ। केही खेल सम्पन्न भईसकेको छ। केही खेल भने आयोजनाका संघारमा छन्।

प्रदेशको भत्ताले र्याकेटको तार पनि आउँदैन

’ टेनिस खेलाडी प्रदीप खड्काले भने–‘भत्ता भन्दा पनि प्रदेशको नामको लागि खेल्दै छौं।’ उनी टेनिसका नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन्। र्याकेटको तार फेर्न एक हजार २ सय भन्दा बढी लाग्छ।

हक्की टोली वीरगन्जतर्फ

वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।

राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि पूर्वाधार र सामानलाई बजेट

मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्