१५ मंसिर २०८१ शनिबार
image/svg+xml

दसैंमा यसरी गर्नुस् स्वास्थ्य सुरक्षा ( भिडियो अन्तर्वार्ता)

सामान्यतया दसैंमा अरु समय भन्दा खानेकुरा बढी नै खाने चलन छ। पर्वको समयमा चिल्लो र मसलेदार परिकारको मात्रा बढी हुने गर्छ। पर्वको समयमा खानेकुरामा ध्यान नदिँदा विरामी पर्ने सम्भावना पनि उत्तिकै हुन्छ। जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती चार इन्चको जिब्रोले ५/६ फिट ठूलो शरीरलाई 'कन्ट्रोल' गर्नबाट बचाउनु पर्ने बताउँछिन्।

द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो।

रातो र पोलेको मासु नखान क्यान्सर विज्ञको सुझाव

नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

दसैंमा बिहे गर्नेहरु...

दसैं र विवाह फरक विषय हुन् । तर भक्तपुरमा दसैंमा विवाह गर्ने चलन छ । दसैैंका अवसरमा धेरै जोडी नयाँ जीवन शुभारम्भ गर्छन् । विवाहका लागि कुनै साइत जुराउनु नपर्ने भएकाले महानवमीको रात विहे गर्नेहरु धेरै हुन्छन्।

दसैंमा कर्मचारीले पाएनन् तलब

रोल्पाका जनप्रतिनिधिको बैङ्क खातामा दसैं मान्ने गरी तलब गएपनि कतिपय निजामती कर्मचारीहरू यसपालीको दसैंमा बेखर्ची भएका छन्। प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयका दर्जनौ कर्मचारीहरू खाली हात दसैं मनाउन घरतिर लागेका छन्।

हुवावेको दसैं अफर

हुवावेले यस वर्षको दसैं अफर सुरु गरेको छ । साथै तीनवटा नयाँ स्मार्टफोन नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाइट) रंगमा नोभा थ्री आई पनि सार्वजनिक गरेको छ।

दसैंको पहिरन

सहरबजार अनि गाँउतिर दसैंको रौनक बढिसकेको छ । काठमाडौंमा किनेमल गर्नेको भिड घटेको छैन। बिशेषतः बडा दशमीका दिन नयाँ लुगा लगाउने चलन छ ।

रौनक हराउँदै गएको दसैं

सधैंझैं यसपालि पनि दसैें सुरु भैसकेको छ । दसैं मान्ने तौरतरिका समय अनुसार बदलिँदै गएको छ। अहिलेको दसैंप्रति बालबालिका तथा युवाहरूले त्यति महत्व नदिएको अनुभव सुनाउँछन् तेह्रथुमका होमनाथ खनाल।

राँगामय भक्तपुर

दसैं भन्नेवित्तिकै धेरै नेपालीले घरघरमा खसी काट्ने भन्ने बुझिन्छ । भक्तपुरमा भने त्यस्तो हुँदैन यहाँ खसी भन्दा राँगा धेरै ढालिन्छ।

दसैंमा दहीको सगुन

भक्तपुरमा दसैंलाई दही खाने चाडका रुपमा समेत मनाइन्छ । दसैंमा यहाँ मासु भन्दा वढी दही खाने चलन छ । दिनहुँ सगुनका रुपमा दही प्रयोग गरिन्छ ।  महाअष्टमीदेखि विजयादशमीसम्म सगुन खाइन्छ।

शक्ति माग्न शक्तिपीठ

दसैंका बेला देशभरका शक्तिपिठमा श्रद्धालुहरुको भिड लाग्ने गर्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमी (नवरात्रभर)सम्म विभिन्न शक्तिपिठमा  आराधना गर्नेहरुको संख्या पनि बढ्दो छ।

हयाप्पी दसैं !

नेपाली चाडपर्व उस्तै छन् तर मनाउने शैली बदलिएको छ । चाडपर्व आफ्नै  रफ्तारमा आएका छन् तर प्रविधिले मानव जीवनमै उथलपुथल ल्याएको छ ।

लुट्नेको देश हो यो?

विशेषगरी हिन्दु नेपालीको ठूलो पर्व दसैँ आइ नै सकेको छ । दसैँबारे हिन्दुहरूमा मात्रै पनि एकरूपता भने छैन । नेपालको पहाडी र हिमाली भेगमा मनाइने र मधेस तथा भारतलगायतका मुलुकमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूका दसैँ मनाउने परम्परा, तरिका, मान्यता पृथक–पृथक छन् । त्यसो त नेपालमा गैरहिन्दु समुदायसमेतले दसैँ,तिहार मनाउने प्रचलन छ।

फुटपाथमा मौसमी व्यापारी

जोरपाटीका रामु खड्का विद्यार्थी हुन् । १२ कक्षामा पढ्ने खड्काको दसैं सुरु भएसँगै परिचय बदलिएको छ । अहिले उनी विद्यार्थीबाट व्यापारी बनेका छन् ।

वडाध्यक्षले आफ्नो तलबबाट दिए सुकुमबासीलाई दसैं खर्च

जिल्लास्थित लालबन्दी नगरपालिकाका एक जना वडाध्यक्षले राज्यबाट आफूले पाउने तलबभत्ता सुकुमबासीलाई दसैं मनाउन दान गरेका छन्। साविक रानीगन्ज गाविसमा पर्ने लालबन्दी नगरपालिका वडा नम्बर १७ का अध्यक्ष नवराज अधिकारीले आफ्नो तलबभत्ता सुकुमबासीलाई सहयोग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्