७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दसैंमा कर्मचारीले पाएनन् तलब

रोल्पा – रोल्पाका जनप्रतिनिधिको बैङ्क खातामा दसैं मान्ने गरी तलब गएपनि कतिपय निजामती कर्मचारीहरू यसपालीको दसैंमा बेखर्ची भएका छन्। प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयका दर्जनौ कर्मचारीहरू खाली हात दसैं मनाउन घरतिर लागेका छन्।

‘२० वर्षीय जागीर अवधिमा यो वर्ष तलब नै खान नपाएको पहिलो दसैं भयो।’ भवन डिभिजन कार्यालय रोल्पाका प्रमुख इश्वरराज जोशी भने, ‘कस्तो कस्तो असहज लाग्यो।’

तलब आउला र घर हिँडौला भनेका कतिपय कर्मचारीहरू ऋण खोजेर दसैं मनाउन हिँडे भने कतिपय ऋण खोजेर हिँड्ने तयारीमा छन्। यो आर्थिक वर्षको ३ महिना सरकारले न काम दियो न त तलब नै। ‘तलब आउँछ कि भनेर कुरियो तर आएन। अलि खल्लो दसैं हुने भयो। कसलाई के भन्नु,’ जिल्ला पशु सेवा कार्यालयका खरिदार टोपेन्द्र पौडेललले भने, ‘म त हिँडे खाली हात दसैं मान्न।’

‘यो त हँदैसम्मको लापरबाही हो। सरकारको केटाकेटी पन देखियो। आफ्नो कर्मचारीलाई पनि तलब खुवाउन नसक्ने राज्य हुन्छ ? सरकारको लुते पन हो।’ नागरिक अगुवा खेम बुढाले भने। जनप्रतिनिधिले तलब बुझेको तिर लक्षित गर्दै उनले थपे, ‘सजिलो गरी बुझौं राज्यले जनप्रतिनिधि सम्झीयो कर्मचारी भुल्यो।’

हिन्दु परम्परा अनुसार राम्रो लगाउने मिठो खाने पर्बका रुपमा लिइएको दसैंमा कर्मचारीलाई दसैं खर्च अलग दिने राज्यले यसपटक कतिपय कर्मचारीलाई साउनदेखि नै तलब दिन सकेको छैन्। उता स्थानीय तहका निर्बाचित जनप्रतिनिधिले चाही तलब खाएका छन तर सोही निकायमा रहेका कतिपय कर्मचारीहरू रित्तो हात घर तिर लागेका छन्। 

जनप्रतिनिधिले तलब खाने र तलब पाउनै पर्ने कर्मचारीहरूले नपाएको प्रति प्रदेश सांसद दिपेन्द्र कुमार पुन पनि असन्तुष्ट छन्। ‘आज भोलीसम्म त हाल्छ कि । दसैं सुरु हुने यो अन्तिम समय सम्म पनि कर्मचारीलाई तलब नदिनु दुखद हो।’ पुन जस्तै रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले पनि कर्मचारीले तलब नपाउनु राम्रो नभएको बताउछन्। 

प्रकाशित: २९ आश्विन २०७५ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App