२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

परिवार सँगै छैन दसैँ खल्लो लाग्छ

नेपाली समाजमा रिनधन गरेर भए पनि दसैँ रमाइलो गरी मनाउने चलन छ । हुनेखानेले मात्र होइन हुँदा खानेले पनि वर्षमा एकचोटि नयाँ लुगा र टीका–जमरा लगाएर ठाँटिने र वर्षभरिका पिरबेथा भुल्ने चाड हो दसैँ । कसैले केही मोज गर्यो भने नेपालीमा भनाइ नै छ– ‘यसलाई त दसैं पो आएछ ।’

दसैँमा धान भित्र्याउने चटारो

सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला जुम्ला चन्दन्नाथ नगरपालिकाका स्थानीयलाई भने धान भित्र्याउने चटारोले छोडेको छैन। उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन्, धान काट्छन, दिउँसो धान चुटेर भित्र्याउँछन। राति अबेर पछि मात्रै घर फर्कन्छन्।

दसैँमा टर्कीको स्वाद

तातोपानी गाउँपालिका ४ का मुनबहादुर खत्रीले यो दसैँमा टर्कीको स्वाद लिए। सधै जसो दसैँमा यहाँको खसीवोका किन्दै आएका उनले यो पटक टर्की किने। यसको मासु सेतो हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने भएकोले टर्की रोजाईमा परेको उनले बताए। उनले भने, “दसैँमा बिकल्पका रुपमा टर्की आईसकेको हुनाले परिवारको सल्लाह बमोजिम टर्की किनेर लगेको हुँ।”

वडादसैंको नवौं दिन आज महानवमी

आज देशभर नेपालीहरुको महान् चाड बडादसैंको महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ।

वडादसैंको आठौं दिन आज महाअष्टमी र कालरात्रि मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बुधबार (आज) महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

गुल्मीमा धुमधामका साथ फूलपाती भित्र्याइँयो

दसैंको सातौं दिन मंगलबार गुल्मीमा रहेका विभिन्न देवी देवताका शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ। नेपालीहरूको महाचाड बडादसैं सुरुसँगै आज महासप्तमीको दिन पारेर प्रत्येक वर्षझै यस वर्षपनि गुल्मीमा फूलपाती धुमधामका साथ भित्र्याइएको हो।

दसैंमा चोरको बिगबिगी

बानेश्वरको बिजुली बजार पुलबाट बस चढेकी सरिता चौलागार्इंको तीनकुने नपुग्दै ब्यागबाट मोबाइल र पर्स चोरी भयो । बेलुकाको समयमा खचाखच भरिएको बसमा ठेलमठेल गर्दै छिरेका युवाको समूहले आफ्नो ब्यागमा राखेको पर्स र मोबाइल झिकेको उनले पत्तै पाइनन् । तीनकुने पुगेर ब्याग हेर्दा मोबाइल र पर्स चोरिएको थाहा पाइन।

१७ हजार भेडाच्यांग्रा निकासी

दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेडाच्यांग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेडाच्यांग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।

दसैंको चहलपहलसँगै महँगी अकासियो

दसैंको चहलपहल बढेसँगै दसैंका लागि चाहिने सामग्री किनमेल गर्नेको बजारमा भीड बढेको छ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत स्थानमा आवश्यक सामग्री किनमेल गर्नेको भीड लागेको हो।

शुभकामना दसैंको

दसैंको उल्लासले सबैतिर छोएको छ । त्यसैले त आफन्तजनलाई भेट्न भनी सबैजना आआफ्नो थातथलोमा जम्मा हुन होस् वा परिवारका सबै सदस्य एक ठाउँमा भेला हुने सुरसारमा नै किन नहोस्, सबैले आफ्नो गन्तव्य निर्धारण गरिसकेका छन् । यस हिसाबले दसैंसबैलाई जोड्ने माध्यमका रूपमा विकसित हुँदो छ ।

धर्म र राजनीति

विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो ।अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो।

दसैँको मर्म र शरीरको धर्म

नेपाली समाजमा वर्षैभरि जातीयता, भौगोलिकता, धार्मिक आस्था र संस्कार एवं संस्कृतिसँग जोडिएर विभिन्न पर्वहरू मनाइने गरिन्छ । हिन्दूहरूले मनाउने सबै चाडपर्वका आ–आफ्नै महत्व छन्, तीमध्ये महान् पर्व दसैँ विशेष महत्वका साथ मनाइन्छ । प्रत्येक चाडपर्वका उद्देश्य र मनाउने शैली, तरिका फरक–फरक छन्।

लोप हुँदै ‘भिझिया’

तराई–मधेसमा दसैंका बेला महिलाले मनाउने सांस्कृतिक पर्व ‘भिझिया’ विस्तारै लोप हुँदै गएको छ । यस पर्वमा मधेशी महिलाले प्वालै–प्वाल पारिएको गाग्रोभित्र दियो बालेर राति गीत गाउँदै र नाच्दै गाउँ डुल्ने गर्छन्।

भिआइपीको दसैं काठमाडाैंमै

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्