१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

टर्कीमा एक लाख भन्दा बढी प्रदर्शनकारी पक्राउ

टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।

नयाँ शक्तिद्वारा जनकपुरस्थित निर्वाचन कार्यालय तोडफोड, १५ पक्राउ

जनकपुरस्थित जिल्ला निर्वाचन कार्यालय घेराउगरी प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि नयाँ शक्तिका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सुन लुटेको आरोपमा प्रहरी सहित ६ पक्राउ

सुनको गहना बनाउने कारखानामा डकैती गरेर ६४ तोला सुन लुटेको आरोपमा एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका छन्।

कीर्ते कागज बनाई वनको जमीन हडप्ने भूमाफिया पक्राउ

कीर्ते कागज बनार्इ राष्ट्रिय वनको जमीनलाई आफ्नो नाममा दर्ता गराएकाे आरोपमा रौतहट प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालिन रंगपुर गाविस– १ हाल गुजरा गाउँ पालिकाका– १ का नारायण बन्ठा रहेका छन् । नेकपा एमालेका कार्यकर्ता रहेका बन्ठा पूर्व गाविस अध्यक्षसमेत हुन् ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पक्राउ

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचारको आरोपमा पक्राउ परेकी छिन् ।  उनलाई सरकारमा रहेको समयमा आफ्ना सहयोगीसँग मिलेर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ । र सो विषयमा छानविन गर्नका लागि उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ नगरेसम्म सत्य तथ्य प्रमाण भेटिन नसकिने कारण देखाइ पक्राउ गरिएको हो ।

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए ।

बालुवामुनि लुकाएको गाँजासहित ३ पक्राउ

सुनसरी कोशी कटान क्षेत्रमा बालुवामुनि लुकाएको गाँजासहित तीन जना कारोबारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

१५ हजार घुससहित भूमिसुधारका नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटांैडाको टोलीले बुधबार दिउँसो भूमिसुधार कार्यालयका एकजना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।

महिलाको अश्लिल भिडियो खिचेर फेसबुकबाट चरित्र हत्या गर्ने पक्राउ

महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा छन्।

अारअार क्याम्पसमा फोटो पत्रकारमाथि पेट्रोल बम प्रहार गर्नेलाई पक्राउ गर्न माग

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा फोटो खिच्दै गरेका फोटोपत्रकार लक्षित गरी पेट्रोल बम प्रहार गर्ने कार्यको फोटो पत्रकार क्लबले भत्सर्ना गरेको छ।

दुई लाख लुट्ने प्रहरी हवल्दार पक्राउ

जनकपुर- जनकपुर विमानस्थल मार्गबाट भारतीय नागरिकसँग दुई लाख रुपैयाँ लुटेको आरोपमा प्रहरी हवल्दार धमेन्द्र पासमान पक्राउ परेका छन्।

विद्युत चोरी गर्ने पक्राउ

नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा विद्युत चोरी गर्ने ६ जनालाई सोमबार बिहान पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चुहावट नियन्त्रण कार्य अन्तर्गत विद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको हो ।

रसियाको विपक्षी दलका नेता पक्राउ

रसियाका प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राजधानी मस्कोमा आयोजित भ्रष्ट्रचारविरुद्धको प्रर्दशनमा सहभागी उनलाई आइतबार पक्राउ गरिएको बिबिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्