८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

कार्डमा 'प्रो इन्भेन्ट ९३२५' लेखिएको छ। सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्किएपछि उनी पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट ५४ वटा एटिएम कार्ड बरामद गरेको छ। ती कार्डमा 'प्रो इन्भेन्ट ९३२५' लेखिएको छ। सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्किएपछि उनी पक्राउ परेका हुन्।

सोस्नोभको साथबाट प्रहरीले १ लाख ४४ हजार ३ सय ५० रुपैयाँ तथा मोइबाल सेट बरामद गरेको छ। उनीसँग सबैभन्दा धेरै एक हजारका १ सय ३४ थान नोट रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७३ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App