सियोल – दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुयन हेई भ्रष्टाचारको आरोपमा पक्राउ परेकी छिन् ।
उनलाई सरकारमा रहेको समयमा आफ्ना सहयोगीसँग मिलेर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ । र सो विषयमा छानविन गर्नका लागि उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ नगरेसम्म सत्य तथ्य प्रमाण भेटिन नसकिने कारण देखाइ पक्राउ गरिएको हो ।
उनलाई भ्रष्टाचारमा संलग्न भएको भनी महाअभियोग लगाएर राष्ट्रपति पदबाट बर्खास्त गर्नका लागि अदालतले आदेश दिएपछि उनी राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन् । साथै उनलाई संवेदनशील विषयका कागजातहरू कानुन विपरित सार्वजनिक गरेको आरोप समेत लागेको थियो ।
आफूमाथि लागेको आरोप गलत भएको अभिव्यक्ति दिँदै आइरहेकी उनलाई दक्षिण कोरियाको एक कारागारमा राखिएको छ ।
यसअघि उत्तर कोरियाका दुई राष्ट्रपतिहरू समेत भ्रष्टाचारको अभियोगमा पक्राउ परिसकेका छन् ।
प्रकाशित: १८ चैत्र २०७३ ०७:२७ शुक्रबार