२४ पुस २०८१ बुधबार
image/svg+xml

दुर्घटनामा एकको मृत्यु

पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

टिपर चालकलाई सुधार्नै कठिन

काठमाडौं उपत्यकामा दिउँसो टिपर प्रवेशमा निषेध गरेको प्रशासनले गत शनिबारदेखि जुनसुकै बेला टिपर छिर्न दिने निर्णय गरेको छ । प्रशासनको यो निर्णयलगत्तै बागमती टिपर व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रेम लामाले फेसबुकमा टिपर चालकका लागि ‘मिनी’ आचारसंहिता जारी गरे।

भक्तपुरमा टिपरको ठक्करबाट ६ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको फन भ्याली नजिक आइतबार साँंझ टिपरले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ फन भ्याली नजिक अरनिको हाईवेमा काभ्रेबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ३१५३ नं. को ट्रिपरले विपरिततर्फबाट गइरहेको बा १६ च १६८२ नं.को मारुती भेन र बा ४ ख ७५१८ नं. बसलाई ठक्कर दिंदा जगातीतर्फ नै आउदै गरेको बा ५ ख ३७०७ नं. बसलाई समेत ठक्कर लागि मारुती भेनमा सवार ६ जना मानिस घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बा४ख ९०१७ नंको टिपर साेमवार सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए।

धादिङमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु, तीन घाइते

धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ। थक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो।

निर्माण सामग्रीको मूल्य वृद्धि

गत भदौमा प्रतिटिपर बालुवाको मूल्य २७ देखि २८ हजार बीचमा थियो । असोज दोस्रो साता मूल्य वृद्धि भई ३० हजार नाघ्यो ।

भक्तपुरमा टिपरले किचेर एक जनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकमा बुधबार साँंझ टिपरको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। राजमार्ग अन्तर्गत सूर्यविनाकको पाण्डुबजार चोकबाट रोड क्रस गर्ने क्रममा बनेपाबाट काठमाडौं जाँंदै गरेको बा ४ ख ३६५० नम्बरको टिपरले ठक्कर दिंदा काभ्रेका २५ वर्षीय राम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

दिउँसो प्रवेश रोक लगाएकोमा टिपर व्यवसायीको विरोध

उपत्यकाका ट्रक, टिपर व्यवसायीले काठमाडौंभित्र दिउँसो टिपर प्रवेशमा रोक लगाइएकोप्रति विरोध जनाएको छ।

टिपर नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस प्रहार, ३ प्रहरी घाइते

मोटरसाइकललाई ठक्कर दिएर १ जनाको मृत्यु भएपछि टिपर नियन्त्रणमा लिने क्रममा हेटौंडा उपमहानगरपालिका १७ गैरीगाउँमा प्रहरीले ९ सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई पक्राउ समेत गरेको छ।

मोटरसाइकल भर्सेस टिपर

पिलिक्क आँखा खोलिन् उनले । आँखा चिम्लिएका बेला अनुहार नियालिरहेका मेरा आँखामा जुधे उनका आँखा । अर्कोतिर फर्किन खोजे जस्तो गरिन् । शरीर त हल्लियो तर फर्किन् सकिनन् । तीन दिन भइसकेको थियो म वार्डमा बसेको । उनी केही घण्टा पहिला मात्रै वेड नम्बर १०४ मा आएकी थिइन् । वेड नम्बर १०३ मा सुत्ने मेरो चाँही एक दिन मात्रै बाँकी थियो ।‘के भएको तपाइलाई ?’ म बोल्न खोजें।

टिपर आतंक: दुर्घटना रोक्न ‘लेफ्ट र राइट’ लेन

काठमाडौं उपत्यकामा टिपरका कारण हुने दुर्घटना रोक्न प्रहरीले ‘लेफ्ट र राइट’ लेनको अवधारणा ल्याएको छ। यो अवधारणाले राजधानीमा हुने सडक दुर्घटना रोक्न मदत गर्ने विश्वास गरिएको छ।

सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

उपत्यकामा दिउँसो टिपर चलाउन रोक

गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ।

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

भक्तपुरबाट कोटेश्वरतर्फ आउदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्