३१ वैशाख २०८१ सोमबार
image/svg+xml

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ। त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।

शुक्रवारसम्म नयाँ नोट साट्न सकिने

बैँकले आजबाट नयाँ नोट साट्न सुरु गरेको हो। आगामी शुक्रवारसम्म नयाँ नोट साट्न पाइने समयावधि तोकिएको राष्ट्र बैँकले जनाएको छ।

सेयर कर्जाको धितो खुकुलो पार्ने संकेत

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रूपैयाँको सीमा केही परिमार्जन हुने संकेत गरेका छन्।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ ५४ पैसा निर्धारण भएको छ।

‘वार्षिक १३ खर्बको विद्युत् निर्यात गर्न सकिने’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२÷१३ खर्ब रूपैयाँको विद्युत् निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन्।

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन्।

सिटिजन्स बैंकद्वारा लाभांश प्रस्ताव

सिटिजन्स बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ।

साउनमा ७.५२ प्रतिशतले बढ्यो महँगी

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधनप्रति निजी क्षेत्रको असन्तुष्टि

महासंघका अनुसार संशोधनका दुई प्रावधानले निजीक्षेत्रलाई हतोत्साही बनाउनुका साथै बैंक वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न गई अर्थतन्त्रमै प्रतिकुल असर पर्ने छ।

चालु पुँजी कर्जा मार्गदर्शन फेरि संशोधन उत्पादनमूलक उद्योगलाई राहत

निजीक्षेत्रका मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ। दोस्रो पटक मार्गदर्शन संशोधन गरेको राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई राहत दिएको छ। यसले साना तथा मझौला उद्योगी र उत्पादनमूलक उद्योगलाई सहयोग पुगेको छ।

उत्पादन मूलक उद्योगकाे ३ करोडसम्मकाे कर्जामा चालु पुँजी मापदण्ड लागु नहुने

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्दै उत्पादन मूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने जनाएको छ।

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ।

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ।

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिंदै

आइतबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ। सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्