२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ ५४ पैसा निर्धारण भएको छ।

कच्चा तेलको मूल्यमा वृद्धि भएर अमेरिकी डलर बलियो हुँदा त्यसको असर यहाँ परेको हो। अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो।

एक डलरका लागि भारतमा सोमबार ८३.२७ भारतीय रूपैयाँ तिर्नुपरेको छ। नेपालको मुद्रा भारतीय रूपैयाँसँग स्थिर विनिमय भएकाले त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो। डलरको भाउ बढ्दा सामान महँगो हुन सक्छ भने रेमिटेन्सबाट प्राप्त हुने रकम भने बढ्नेछ। 

प्रकाशित: ३ आश्विन २०८० ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App