१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आजदेखि नयाँ नोट साट्न सुरु

नेपाल राष्ट्र बैँकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ।  

हरेक वर्ष चाडबाडलाई लक्षित गरी राष्ट्र बैँकले नयाँ नोट साट्ने सुविधा दिँदै आए अनुसार यस वर्ष पनि नयाँ नोट साट्न सुरु गरिएको हो। राष्ट्र बैँकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने जनाएको छ।

काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैँकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैँकका शाखामार्फत नयाँ नोट साट्न पाइने राष्ट्र बैँकले बताएको छ। वाणिज्य बैँकहरूले भने नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैँकबाट त्यस्ता नोट लिनुपर्नेछ।

काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैँकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैँकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैँकले जनाएको छ।  

राष्ट्र बैँकले केन्द्रीय कार्यालय बालुवाटार र मोरङको विराटनगर, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, रूपन्देहीको सिद्धार्थनगर, कास्कीको पोखरा र वीरेन्द्रनगरको सुर्खेतमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ।  

प्रकाशित: २९ आश्विन २०८० ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App