१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर कर्जाको धितो खुकुलो पार्ने संकेत

फाइल तस्वीर

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोड रूपैयाँको सीमा केही परिमार्जन हुने संकेत गरेका छन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र गर्भनर अधिकारीबीच सोमबार भएको छलफल सेयर धितोको सीमा खुकुलो बनाउने विषयमा दुवै बीच बृहत् छलफल भएको थियो।

बोर्डका अध्यक्ष हमालले गर्भनर अधिकारी समक्ष सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा पुनर्विचार गर्न अनुरोध गरेका थिए। भेटमा गर्भनर अधिकारी पनि सकारात्मक रूपमा प्रस्तुत भएका थिए। बोर्डका अध्यक्ष हमालले संस्थागत लगानीकर्ताको हकमा सीमा बढाउनुपर्ने विषयमा छलफल भएको बताए।

‘हामी दुवैबीच सेयर धितो कर्जामा लाग्दै आएको सीमा हटाउने विषयमा बृहत् छलफल गर्‍यो। संस्थागत लगानीकर्ताको हकमा सीमा बढाउने विषयमा पनि छलफल भएको थियो,’ उनले भने, ‘गर्भनरज्यू पनि सो विषयमा सकारात्मक देखिनुभएको छ। अब उहाँहरूले आवश्यक छलफल गरेर आवश्यक पर्ने खालको निर्णय गर्नुहोला भन्ने आशा गरेका छौं।’

दुबै बीच भएको भेटवार्तामा पुँजी बजारको दिगो विकास, प्राइभेट इक्विटी र भेञ्चर क्यापिटललाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो। अध्यक्ष हमालले सेयर धितो कर्जाको ५/१२ करोडको प्रावधानलाई पनि केही खुकुलो गराउने विषयमा आवश्यक छलफल भएको बताए। पछिल्लो समय सबै क्षेत्रबाट सेयर धितो कर्जाको प्रावधान संशोधन गर्नुुपर्ने भन्दै सर्वत्र माग हुँदै आइरहेको छ।

प्रकाशित: १० आश्विन २०८० ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App